+
+
Shares

सुरुङमार्ग निर्माणमा सघाउन स्वीस सरकारलाई अर्थमन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ७ गते २०:५४

७ चैत, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडासँग स्वीस डेभलपमेन्ट कोअपरेशन एजेन्सीका महानिर्देशक एचई मेनुएर सागर शिष्टाचार भेट गरेका छन् ।

अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपालको समग्र विकास प्रयासमा स्वीस सरकारले पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

भेटमा थप सहयोगका क्षेत्रहरु बारे छलफल समेत भएको थियो । विशेषगरी, यातायात तथा सुरुङ मार्ग निर्माणको कार्यमा स्वीस सरकारको विशेष दक्षता र अनुभव रहेकोले सो प्रविधिलाई नेपालमा प्रयोग गर्न चाहेको खतिवडाले धारणा व्यक्त गरे ।

उनले नेपाल सरकारले प्रस्तावित गरेको दुई सुरुङ मार्गको निर्माणलाई द्रुतगतिमा अगाडि बढाउन स्वीस सरकारसँग विशेष आग्रह गरे ।

बैठकमा महानिर्देशक सागरले नेपालले राजनीतिक स्थिरता प्राप्त गर्न सफल भएको तथा नयाँ संविधान कार्यान्वयनको चरणमा भएकोमा खुशी व्यक्त गरे।

भेटमा नेपालको भौगोलिक विविधताका कारण प्राप्त गर्न सक्ने लाभका क्षेत्रहरुमा आगामी दिनहरुमा पनि सहयोगको निरन्तरता रहने प्रतिवद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?