Comments Add Comment

चिलिमेले नगद १० र बोनस सेयर ३० प्रतिशत दिने

२२ भदौ, काठमाडौं । चिलिमे हाइड्रो पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनस सेयर दिने भएको छ ।

chilime logo

लाभांश पारित गर्न कम्पनीले आगामी असोज १५ गते १७ औं साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०६९/०७० प्रतिसेयर आम्दानी ५५ रुपैयाँ हुने गरी ९६ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

चिलिमेले नाफाबाट ४० प्रतिशत सेयरधनीलाई वितरण गरी १० प्रतिशत जगेडा राख्ने प्रस्ताव गरेको छ । जगेडा कोषमा गत असारमा ४ अर्ब २२ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । कम्पनीले जगेडा रकमको आधारमा नयाँ आयोजनाहरुमा लगानी गरिरहेको छ ।

चिलिमेको सेयर १५०० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । यस आधारमा प्रस्तावित बोनस सेयर समायोजन गर्दा सेयरधनीले पाउने वास्तविक प्रतिफल बढी हुन जान्छ । नगदको साटो सेयर पाएका कारण वास्तविक सेयरधनी लाभ ३२५ प्रतिशत पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment