Comments Add Comment

नेपाली क्रिकेट टोली भारत भ्रमणमा जाने

२४ भदौ, काठमाडौं । ट्वान्टी-२० विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली राष्ट्रिय टोली दशैंपछि भारत भ्रमणमा जाने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले सोमबार पत्रकार सम्मेलन गरेर दिल्ली भ्रमणबारे प्रारम्भीक जानकारी दिएको हो । अभ्यास खेलका लागि दिल्ली क्रिकेट बोर्डसँग कुराकानी भएको क्यानले बताएको छ । रणजी ट्रफीमा खेल्ने क्लबहरुसँग अभ्यास म्याच खेल्ने नेपालको तयारी छ ।

कात्तिक २९ गतेबाट यूएईमा सुरु हुनेछ । नेपाल रहेको समूह बीमा अफगानिस्तानसँगै बर्मुडा, डेनमार्क, क्यानडा, नेदरल्याण्ड, पपुवा न्यू गिनी र स्कटल्याण्ड छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment