Comments Add Comment

बार्सिलोनाका फ्यानले मन पराएनन् मेस्सी !

२६ भदौ, काठमाडौं । बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी उत्कृष्ट फुटबलर हुन् । उनका करोडौं फ्यान छन् । तर, स्पेनिस क्याटलन बार्सिलोनाकै २ प्रतिशत समर्थकले भने मेस्सीलाई मन नपाउने हालै भएको एक आन्तरिक सर्वेक्षणले देखाएको छ ।

Messi

२००२ मा १३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका मेस्सीले क्लबका लागि ला लिगामा मात्र २ सय २० गोल गरेका छन् । यो सिजनमात्र ला लिगाको २ खेलमा ५ गोल गरिसकेका छन् । बार्सिलोनाका लागि उनले ३ सय ३८ खेलमा ३ सय १८ गोल गरिसकेका छन् । उनी अवद्ध रहेको समयमा बार्सिलोनाले ६ पटक ला लिगा, ३ पटक च्याम्पियन्स लिग जितेको छ भने स्पेनिस कप, युरोपियन सुपर कप र क्लब वल्र्ड क्लबको उपाधि पनि २/२ पटक जितेको छ ।

तर, यो सबै बार्सिलोनाका केही फ्यानलाई भने अपर्याप्त भएको छ । बार्सिलोनाका अध्यक्ष स्यान्ड्रो रोसेलले भनेका छन्-‘क्लबमा हामीले अन्तरिक मत सर्वेक्षण गरेका थियौं । २ प्रतिशतले मेस्सीलाई मन पराएनन् । म उनीहरुलाई जान्न चाहन्छु ।’ उनले मेस्सीले यसै सिजन बार्सिलोना आएका ब्राजिलियन स्टार नेयमारसँग राम्रो सम्बन्ध बनाइरहेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment