Comments Add Comment

३० करोडको काठका गोलिया विदेशबाटै आयात, स्वदेशका जंगलमै कुहियो

२८ भदौ, काठमाण्डौं । विदेशबाट लोभलाग्दा फर्निचर आयात हुनु स्वभाविक हो, तर ४९ प्रतिशत भूभाग वनले ढाकेको मुलकमा काठमा ठूल्ठूला गोलिया नै आयात हुन थालेको छ । स्थानीय वनजंगलमा हजारौं क्युबिक फुट कुहिएर खेर गइरहेका बेला वाषिर्क ३० करोड रुपैयाँ बराबरका काठ सामुन्द्री बाटो पार गरेर ट्रकबाट काठमाण्डौं भित्रिरहेका छन् । र, स्थानीय सःमिलहरुमा चिरान भइरहेका छन् ।

वन मन्त्रालयले देशव्यापी रुपमा फडानी भएको कारण देखाउँदै २०६६ जेठ ७ देखि २०६८ असोजसम्म काठ संकलनमा प्रतिबन्ध लगाएपछि बजारमा आपूर्ति ठप्प भएको हो । त्यसपछित समयमै सर्वसुलभ ढंगले आपूर्ति गर्न नसक्दा विनासित्ति विदेशी मुद्रा खेर जाने स्थिति आएको नागरिक दैनिकमा खबर छ ।

सरकारले २०६८ असारमा काठको ग्रेडिङ (ए, बी र सी) अनुसार प्रतिक्युबिक फिट ३ सय, ५ सय र ८ सय रुपैयाँ मूल्य निर्धारण गरेपछि आपूर्ति घटेको छ । प्रतिक्युबिक फुट २ सय ५० रुपैयाँको व्यवस्था खारेज गर्दै यो ग्रेडिङ लागु गरिएको थियो । ग्रेडिङअनुसार संकलन नहुने र कस्तोलाई कतिमूल्य राख्ने भन्ने विवाद बढेपछि वन अधिकृतहरुले लिलाम गर्न सकेनन् । अधिकांश जिल्लामा पुराना काठ थन्किए । त्यसयता विदेशी काठ आउने क्रम बढेको सम्बन्धित व्यवसायी बताउँछन् ।

विदेशी काठको व्यवसाय गर्दै आएका बालकृष्ण सिवाकोटीले सरकारको अव्यावहारिक नीति र कार्यसम्पादनका कारण आयात गर्नुपरेको बताए । उनका अनुसार वाषिर्क करिब ३० करोड रुपैयाँ बराबरका १ लाख क्युबिक फिट काट आयात भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment