Comments Add Comment

हरिवंशसँगै अनाथहरुको माउन्टेन फ्लाइट

२९ भदौ, काठमाडौं । राष्ट्रिय बालदिवसको अवसर पारेर यती एयरलाइन्सले राष्ट्रिय बाल संगठनको संरक्षणमा रहेका १८ जना अनाथ बालबालिकालाई माउन्टेन फ्लाइटको अनुभव गराएको छ ।

YETI AIRLINES 01

यती एयरले आफ्नो उडान थालेको १५ वर्ष पूरा गरेको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत शनिवार बिहान बालबालिकालाई सगरमाथासहित विभिन्न हिमश्रृङ्खलाको दृष्यावलोकन गराएको हो ।

माउन्टेन फ्लाइटबाट फर्केपछि बालबालिका निकै उत्साहित र खुसी देखिन्थे । सुरज जोशीले यात्रा अनुभव सुनाउँदै भने- ‘म एक दिन पाइलट बनेर यसैगरी दिनहुँ सगरमाथाको चक्कर लगाउन चाहन्छु ।’

यात्राबाट फर्केपछि निकिता गुरुङ पनि निकै खुसी थिइन् । ‘मैले जिन्दगीमा हवाइजहाज चढ्छु भनेर सोंचेकी पनि थिइन’ उनले भनिन- ‘यती एयरलाइन्सले मेरो सपना साकार पारिदियो ।’

‘यती एयरलाइन्सको यो कदमले अन्य कर्पोरेट हाउसको पनि आँखा खोल्ने अपेक्षा गरेका छौं’ नेपाल बाल संगठनका उपाध्यक्ष तुलसीनारायण श्रेष्ठले भन्नुभयो- ‘अनाथ बालबालिकालाई आफ्नो क्षमताअनुसार सानो सानो सहयोग गरे पनि उनीहरुका लागि धेरै ठूलो हुनेछ ।’

बालमन्दिरमा बसेका यी अनाथ बालबालिकालाई त्यहाँभन्दा बाहिरको संसार देखाउने उदेश्यले यो कार्यक्रम आयोजना गरेका हौं’- यती एयरलाइन्सका मार्केटिङ म्यानेजर रोशन रेग्मीले भन्नुभयो- ‘यसले उनीहरुको संसारलाई हेर्ने दृष्टिकोण परिवर्तन आउने छ, हामी साँच्चिकै बालबालिकाको आवाज सुन्ने संसार चाहान्छौं, आज हामीले गरेको कार्यक्रमबाट बालमन्दिरमा बसिरहेका बालबालिको जीवनमा ठूलो परिवर्तन आउने अपेक्षा गरेका छौं ।’

कार्यक्रमका विशेष अतिथि एवं चर्चित हास्य कलाकार हरिवंश आचार्य पनि बालबालिकासँगै माउन्टेन फ्लाइटमा हुनुहुन्थ्यो । ‘यसअघि म कहिले पनि माउन्टेन फ्लाइटमा गएको थिइन, एकदमै नौलो अनुभव भयो, आँखै अगाडि एकदमै नजिक हिमाल देखिए ।’ आचार्यले भन्नुभयो-‘बालबालिकासँगै पहिलो यात्रा गर्न पाउँदा हामी दुवैजना हषिर्त छौं, यो अवसरका लागि यती एयरलाइन्सलाई धन्यवाद ।’

YETI AIRLINES 07 (1)YETI AIRLINES 04YETI AIRLINES 02

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment