Comments Add Comment

सरकारले माछा हैन, माछा मार्ने सीप दिन्छ : अर्थमन्त्री

६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले जनताको आर्थिक उन्नति भएमात्र मुलुक आर्थिक सशक्तिकरण र राजनीतिक सवलीकरणको बाटोमा अघि बढ्ने बताउनुभएको छ । उद्योग मन्त्रालयले गरेको द्वन्द्व पीडित महिला तथा बालिकाहरुका लागि सञ्चालित क्षमता अभिवृद्धि संवाद कार्यक्रममा कोइरालाले शरीरमा लागेको चोटभन्दा मनमा लागेको घाउ निको हुन समय लाग्ने हुँदा द्वन्द्व पीडितहरुलाई आय आर्जनको अवसर दिन सरकार जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।

‘सरकारले उद्यमीहरुलाई माछा हैन, माछा मार्ने सीप दिने भएकाले माछा मार्ने दक्षता उनीहरु आपै+mले विकास गर्नुपर्छ’ मन्त्री कोइरालाले भन्नुभयो- ‘त्यसका लागि एक एकवटा जाल दिने काममा सरकार लागेको छ ।’ यस्ता कार्यक्रमहरु सरकारले द्वन्द्व पीडितहरुको आँसु पुछ्ने, ढाड्स दिने माध्यम भएकाले यसबाट आर्जित सीपलाई व्यवसायमा रुपान्तरण गर्न आग्रह गर्दै तालिम लिने तर उपयोग नगर्ने प्रवृत्तिबाट सचेत रहन आग्रह गर्नुभयो ।

Finance-Minister

सो अवसरमा द्वन्द्व पीडित महिलाहरुले सरकार या राज्यपक्ष जोसुकै बाट पीडित भएपनि घाउ उस्तै भएकाले त्यसलाई कम गर्न सदरमुकाममा मात्र नभई गाउँ गाउँमा यस्ता कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । रोल्पाकी द्वन्द्व पीडित देउकली घर्तीले द्वन्द्वले गरिब बनेकाहरुलाई पनि लक्षित गरी यस्ता कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।

उद्योग मन्त्रालयका सहसचिव यामकुमारी खतिवडा, जितबहादुर थापा र शान्ति मन्त्रालयका सहसचिव लक्ष्मी बस्नेतले तालिमलाई रोजगारीमा बदल्न आवश्यक गृहकार्य थालिएको जानकारी दिनुभयो । उहाँहरुले अहिले १६ जिल्लामा केन्दि्रत तालिमलाई अर्को वर्ष विस्तार गरी देशव्यापी बनाउने योजना रहेको जानकारी दिनुभयो ।

शान्ति मन्त्रालय अन्तर्गतको शान्ति कोषबाट सञ्चालित यस परियोजना अन्तर्गत १६ सय २० जना द्वन्द्व पीडित महिला लाभान्वित भएका छन् । ती मध्ये ४ सयले उद्यम शुरु गरेका छन् । ६ करोडको परियोजना अन्तर्गत कम्प्युटर, ब्युटीपार्लर, बि्रकेट उत्पादनजस्ता कार्यक्रम सञ्चालन गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment