Comments Add Comment

बर्खास्तीविरुद्ध मायाकुमारी अदालत जाने

११ असोज, काठमाण्डौ । कुटनीतिक मर्यादाविपरित काम गरेको भन्दै बर्खास्त भएकी कतारका लागि नेपाली राजदूत मायाकुमार शर्मा मन्त्रिपरिषद् निर्णयविरुद्ध अदालत जाने भएकी छन् ।

‘बर्खास्त गरिएको भन्ने कुरा मिडियामार्फत् थाहा पाएँ, अहिलेसम्म औपचारिक पत्र आएको छैन’ शर्माले अनलाइनखबरसँग भनिन-‘पत्र पाएपछि सरकारी निर्णयविरुद्ध कानुनी लडाई लड्छु ।’

mayakumari sharmaबिनाकुनै आधार र प्रमाण मन्त्रिपरिषद्ले बर्खास्त गरेको भन्दै शर्माले निर्णय कार्यन्व्यन नगराउन अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालत जाने बताइन् । बिहीवारको मन्त्रिपरिषद् वैठकले शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

‘प्रधानन्यायाधीशले नै मलाई बर्खास्त गरे, अब उनैका ढोकामा न्याय माग्न जानुपर्ने बाध्यता छ’ मायाकुमारीले भनिन-‘प्रधानन्यायाधीशविरुद्ध अदालतले फैसला गर्छ भन्ने आश त छैन तर कानुनी लडाई लडछु ।’

सरकारको पत्र हेरेपछि त्यही आधारमा आफु कहिले नेपाल फर्किने भन्ने निर्णय लिने उनले बताइन् । ‘आइतबार म कार्यालय जान्छु, पत्र हेर्छु अनि कहिले फर्किने निर्णय गर्छु ।’ शर्माले भनिन् । कतारले आफुविरुद्ध कुनै पनि पत्र नपठाएको तर एमाओवादी अध्यक्ष प्रचण्ड र परराष्ट्र मन्त्रालयको मिलेमतोमा आफुलाई सिकार बनाइएको शर्माले दावी गरिन् ।

बाबुराम भट्टराईको प्रधानमन्त्री कालमा राजदूतमा नियुक्त भएकी शर्माले कतारमा नेपालीहरुको दासताको अबस्थाबारे सार्वजनिक टिप्पणी गरेपछि कतार सरकार उनीसँग असन्तुष्ट भएको थियो । राजदूतलाई नेपालले फिर्ता बोलाउँदै गर्दा उनको भनाईलाई पुष्टी गर्नेगरी अन्तराष्ट्रिय संचारमाध्यममा आएका कतारका दारुणिक कथाका बिबरण सार्वजनिक भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment