
९ चैत,बुटवल । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांणले सरकारले ल्याएको राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक हुबहु पास हुन नदिने बताएका छन् ।
प्रधानमन्त्रीले सेनालाई आफू अनुकुल परिचालन गर्ने गरी विधेयक आएको भन्दै उनले यो स्वीकार्य हुने बताए ।
पूर्वरक्षामन्त्री समेत रहेका खाँणले राष्ट्रिय अखण्डता र स्वाधिनता जोगाउन महत्वपूर्ण योगदान गरेको नेपाली सेनालाई कमजोर पार्न खोजिए सदन र सडकबाट एकैसाथ आन्दोलन गर्ने बताए ।
शनिबार आयोजित एक कार्यक्रममा उनले सीके राउतसँग सरकारले अत्यन्तै गैरजिम्मेबार ढगंबाट सम्झौता गरेको बताए । साथै विप्लव समूहमाथि प्रतिबन्ध लगाएर मुठभेड निम्त्याएको टिप्पणी गरे ।
उनले बुटवल-नारायणगढ सडक स्तरोन्नती गर्ने योजना कांग्रेस सरकारकै पालामा बनेको दाबी गरे । पुरानै योजनामा काम सुरु हुन नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओली गानाबजानाका लागि रुपन्देही आएको टीप्पणी समेत गरे ।
शुक्रबार मात्र प्रधानमन्त्री ओलीले सडक विस्तारको शिलान्यास गरेका थिए ।
प्रतिक्रिया 4