+
+
Shares

को नेपाली युवा हुन् बलिउड अभिनेत्री श्रद्धा कपूरको हुनेवाला श्रीमान् ?

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ९ गते १३:५९

बलिउडमा विवाहको सिलसिला जारी छ । अनुष्का शर्मा र विराट कोहलीले लगनगाँठो कसे लगत्तै सोनक कपूर र आनन्द आहूजाले घरजाम गरे । वि-टाउनमा विवाहको यो रौनक सेलाउन पाएन, जब दीपिका पादुकोण र रणवीर सिंहले लामो प्रेम सम्बन्धलाई दाम्पत्यमा रुपान्तरण गरे । त्यसपछि पालो आयो, पि्रयंका चोपडाको । लामो समय सिंगल रहेकी उनले आफुभन्दा दश बर्ष कान्छो अमेरिकी गायक निक जोनससँग विवाह गरिन् ।

यो सिलसिला अझै टुटेको छैन । यसै बर्ष वरुण धवन र नताशा दलालले घरजाम गर्ने चर्चा छ । त्यसैगरी आलिया भट्ट र रणवीर कपूरले पनि । अब कुरा गरौं श्रद्धा कपूरको ।

श्रद्धाको बारेमा त धेरै विशेषण जोडिरहनु पर्दैन । उनी अहिलेका चल्तापूर्जा बलिउड अभिनेत्री हुन् । श्रद्धाका पिता शक्ति कपूर आफ्नो जमानाका खरो अभिनेता हुन् ।

श्रद्धालाई चिनाउने प्रशस्तै फिल्म छन्, बलिउडमा । सन् २०१० मा ‘तीन पत्ती’बाट अभिनय करियर सुरु गरेकी श्रद्धालाई प्रशिद्धी दिलाउने फिल्म चाहि ‘आशिकी-२’ हो । टि-सिरिजको म्युजिकल लभस्टोरी ‘आशिकी’कै अर्को शृंखला थियो यो । ‘आशिकी-२’ मा उनी एक गायिकाको रुपमा पेश भएकी छिन् । वास्तविक जीवनमा पनि उनी गाउने गर्छिन् । त्यसपछि श्रद्धाले ‘हैदर’, ‘ह्यालेट’, ‘एक भिलेन’, ‘एबिसिडी-२’, ‘बाघी’ जस्ता फिल्मबाट आफ्नो उचाई बढाइन् । पछिल्लो समय उनी ‘स्त्री’मा देखापरिन् । यतिबेला उनी बिग बजेट दक्षिण भारतिय फिल्म ‘साहो’मा व्यस्त छिन् ।

यी त भए उनको करियरको कुरा । अब लागौं, निजी जीवनतर्फ ।

भारितय मिडियाले जनाए अनुसार अब शक्ति कपुरको घरमा चाडै नै शहनाई बज्नेवाला छ । अर्थात शक्ति कपुरले छोरी श्रद्धालाई ज्वाईको हातमा सुम्पनेछन् । रमाइलो कुरा, श्रद्धाका हुनेवाला ज्वाई नेपाली मुलका हुन् । नाम, रोहन श्रेष्ठ ।

रोहन मुम्बईमा बसेर फोटोग्राफी गरिरहेका छन् । खासगरी बलिउडकर्मीसँग उनको घनिष्ठता छ । अतः बलिउडसम्म जोडिने पुल चाहि उनकै पिता राकेश श्रेष्ठ हुन् । राकेश श्रेष्ठ बलिउडका चल्तापूर्जा फोटोग्राफर हुन् । उनै पिताको पदचाप पच्छ्याउँदै रोहनले पनि फोटोग्राफीमा आफ्नो करियर बनाएका हुन् ।

न्युयोर्कको फिल्म एकेडेमीमा अध्ययन गरेका रोहनले २५ बर्षको उमेरमा पहिलो पटक फिल्मफेयर म्यागजिनको कभर फोटोशूट गराएका थिए । त्यसबेला कभरमा रणवीर कपुरको फोटोशूट गराइएको थियो ।

त्यसो त रोहनका पिता राकेशले पनि रणवीरकी आमा नीतु सिंहको फोटोशूट गरेरै करियर थालेका थिए । रोहनले अहिलेसम्म करिना कपुर, रणवीर सिंह, सोनम कपुर, श्रद्धा कपुर, दीपिका पादुकोण, करन जोहर, अनुपम खेर, आलिया भट्ट, बरुण धवन, अभिषेक बच्चन, अनुष्का शर्मा, बिद्या बालन, सोनाक्षी सिन्हा लगायत थुप्रै बलिउड स्टार्सको फोटोशूट गराइसकेका छन् ।

रोहन अहिले उमेरले ३४ बर्ष पुगेका छन् । त्यसैगरी श्रद्धा ३२ बर्षकी । उनीहरुको विवाहको लगभग छिनोफानो भइसकेको भारतिय मिडियाहरुले जनाएको छ ।

श्रद्धासँगको अफेयरपछि भारतिय मिडयाले उनीहरुको चियोचर्चा गर्न थालेको थियो । श्रद्धा र रोहन कहाँ, कसरी भेटिए भनेर निकै चियोचर्चा हुन थालेको थियो । उनीहरु पहिलो पटक भने निर्देशक करण जोहरको दीपावली पार्टीमा भेटेका थिए । त्यसपछि नै उनीहरुको सम्बन्ध अगाडि बढेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?