४ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेमाथि खेलमा मिलेमतोको आरोपमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो । तर, तत्काल उनीहरूलाई कुन आरोपमा पक्राउ गरिएको हो भन्नेबारे खुलाइएको थिएन ।
आइतबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै सीआईबीले उनीहरूमाथि खेलमा मिलेमतो तथा अनियमितता र ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाएको छ ।
यसैक्रममा आइतबारै जिल्ला अदालत ललितपुरबाट ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमतिसमेत पाएको छ ।
जिल्ला न्यायाधिश भगवती शर्मा ढुंगानाको इजलासले जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रतिक्रिया 4