Comments Add Comment

इजरायली प्रधानमन्त्री र इरानी युवावीच ‘जिन्स वार’

२४ असोज, काठमाडौ । इरानमा सयौं युवाले इजरायली प्रधानमन्त्रीलाई जवाफ दिन समाजिक सञ्जालको सहारा लिएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बीबीसी फारसीलाई दिएको अन्तर्वार्तामा इरानी युवाहरुलाई जिन्स लगाउन नदिइएको दावी गर्नुभएको थियो । यसको जवाफमा सयौं इरानी युवाहरुले जिन्स लगाएको आफ्नो तस्वीर समाजिक संजालमा पोष्ट गरेका छन् । एक युवाले पोष्ट गरेको तस्वीरमा उनले जिनको पाइन्ट लगाएका छन् र उनी इरानका सर्वोच्च धार्मिक नेता अयोतुल्लाह अली खामेनीको कानमा केही भनिरहेको देखिन्छ ।

Isreal Story Pic

नेतान्याहूले यो पनि भनेका थिए कि इरानी युवाहरुलाई पश्चिमा संगित सुन्न अनुमति छैन । त्यसलाई जवाफ दिन  युवाहरुले संगीत सुन्दै गरेको तस्वीर पनि पोष्ट गरेका छन् ।
उसो त इरानमा जिन्स लगाउन कुनै प्रतिवन्ध छैन । जस्तो कि इस्लाम नियमअनुसार महिलाले आफ्नो शिर र शरीर ढाक्नुपर्छ । केही हदसम्म पश्चिमा संगीत र पश्चिमा शैलीको संगीतको पनि अनुमति छ ।

बीबीसी फारसीलाई शुक्रबार दिएको अन्तरवार्तामा इजरायली प्रधानमन्त्री नेतान्याहूले इरानी जनता वर्तमान सरकारभन्दा राम्रो सरकारको हकदार भएको बताउनु भएको थियो । उहाँले भन्नु भएको थियो-‘यदि इरानी नागरिकलाई आफ्नो इच्छाअनुसार जीवनयापन गर्ने हक छ भने उनीहरुले निलो जिन्स लगाउाछन्, पश्चिमा संगीत सुन्छन् र उनीहरुको त्यहाँ स्वतन्त्र चुनाव हुन्छ ।’ उहाँले यदि इरानसाग परमाणु हतियार भयो भने त्यहााका मानिसको जीवन थप कष्टकर हुने समेत टिप्पणी गर्नुभएको थियो ।

यसको जवाफमा एक इरानी युवाले फेसबुकमा लेखेका छन्-‘उनी सम्झन्छन कि उनले हाम्रो परमाणु बम देखेका छन् । तर, हाम्रो जिन्स देखेका चाहिं देखेका छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment