Comments Add Comment

थ्रीस्टार सफल पोखरा कप फुटबलको सेमीफाइनलमा

११ कात्तिक, काठमाण्डौ। लक्ष्मी बैँक थ्रीस्टार क्लब पोखरामा जारी तेस्रो सफल पोखरा कप फुटबलको सेमीफाइनल प्रवेश गरेको छ । सोमवार पोखरा रंगशालामा भएको खेलमा पोखरा ११ लाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै थ्रीस्टार क्लब सेमीफाइनल प्रवेश गरेको हो ।three-star-vs-pokhara-11

निर्धारित ९० मिनेटको खेल एक-एक गोलको बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा दुवै टोलीका तर्फवाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउनवाट लिइएको हो ।

पेनाल्टी सुट आउटमा थ्रीस्टारका कप्तान सन्तोष साहुखल, सविन्द्र श्रेष्ठ, विक्रम लामा, जिकाही डोडाजले गोल गरे भने पोखारा ११ का लागि असिमजंग कार्की, भुपाल गुरुङ र अबा केडि्रकले गोल गरे । पोखरा ११ का कुमाल गुरुङ र सुनिल विकको प्रहार फ्रेम बाहिर गएपछि थ्रीस्टार भाग्यमानी सावित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment