Comments Add Comment

बोनीले नितम्बमा हात लगाएको बिषयमा उर्वशीको यस्तो बयान

एक पार्टीमा नायिका उर्वशी रौटेलाको नितम्बमा निर्माता बोनी कपुरले हात लगेको बिषयले अहिले सामाजिक संजाल तातेको छ । एउटा मनोरञ्जन समाचार लेख्ने अनलाइनले बोनी कपुरले गलत तरिकाले उर्वशीलाई छोएको भन्ने खबर छापेपछि ट्विटरमा बोनीको ट्रोल सुरु भएको हो ।

यो घटना लगतै उर्वशीले उक्त समयमा केही पनि नभएको भन्दै ट्विट गरेकी थिइन् । तर, पनि बोनीको ट्रोल हुन भने छाडेको छैन । बोनी कपुरको इज्जतमाथि नै धावा बोल्ने गरि ट्रोल हुन थालेपछि नायिका उर्वशीले फेरि ट्विट गरेकी छिन् । यसपटक भने उनले ट्रोल गर्नेमाथि धावा बोलेकी छिन् ।

उनले लेखेकी छिन्–‘मलाई यो कुरामा दिक्क लागेको छ कि मेरो सामाजिक संजालमा बोनी कपुरसँग जोडिएका ट्रोल मात्र आइरहेका छन् । मलाई बोनी कपुरलाई लिएर नराम्रो लागिरहेको छ कि, मानिसहरु कुनै कुरा लेख्नु अगाडि त्यो मानिसको उचाइको कत्ती पनि ख्याल गर्दैनन् । म सबैसँग आग्रह गर्न चाहन्छु कि, यो काम बन्द गर्नुहोस् ।’

उर्वशीले त्यो समयमा केही पनि नभएको र त्यो आँखाको भ्रममात्र भएको स्पष्ट पारेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment