Comments Add Comment

बारमा वामपन्थीको बर्चश्व (प्राप्त मतसहित)

२१ चैत, काठमाडौं । देशभरका वकिलहरुको साझा संगठन नेपाल बार एशोसिएसनमा वामपन्थीको ‘कमब्याक’ भएको छ ।

अध्यक्षमा तीन वर्षपछि पुनरागमन गरेको भए पनि सिंगो कमिटीमा बलियो उपस्थिति भने ६ वर्ष पछि हो । ६ वर्षअघि वामपन्थी प्यानलबाट हरिकृष्ण कार्की बार अध्यक्ष निर्वाचित भएका थिए । कार्की अध्यक्ष निर्वाचित भएपनि महासचिवसहित बहुमत पदमा लोकतान्त्रिक समूहले जितेको थियो । बार अध्यक्ष भएको डेढ वर्ष नहुँदै महान्यायाधिवक्ता भएका उनी बारमै नफर्की सर्वोच्च अदालतको न्यायाधीश भए ।

कार्कीको पालामा महासचिव चुनिएका सुनिल पोखरेल यसपटक लोकतान्त्रिक समूहबाट अध्यक्षमा लडेका थिए । तर, वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठसँग १४९ मतान्तरले पराजित भएका छन् । श्रेष्ठले ४०२२ मत प्राप्त गरी वामपन्थी प्यानललाई पुनरागमन गराउँदा पोखरेल ३८७३ मतमा सिमित भए ।

२०१३ सालमा स्थापना भएको नेपाल बार एशोसिएसनमा अधिकांश समय कांग्रेस समर्थित वकिलले जित्दै आएका थिए । पछिल्लो पटक शम्भु थापा, विश्वकान्त मैनाली र हरिकृष्ण कार्की वामपन्थी समूहबाट बारको नेतृत्वमा आए । तीन वर्षअघि तत्कालीन एमाले र माओवादी घटकहश्र मिल्दा पनि लोकतान्त्रिक समूहका शेरबहादुर केसीको प्यानल नै विजयी भएको थियो । तर, यो ३ वर्षमा केसी नेतृत्वको बार एशोसिएसनको भूमिका कमजोर देखिएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाइदा मौन समर्थन जनाएको बार संसदीय सुनुवाई समितिबाट अस्वीकृत न्यायीधीश दिपकराज जोशीलाई जोगाउन प्रधानन्यायाधीशविरुद्ध वक्तव्यबाजीमै उत्रियो ।

यसका बाबजुद यो पटक अध्यक्षमा लडेका सुनिल पोखरेललाई गतिशील व्यक्तित्व र महासचिव हुँदा गरेका कामको कारण बलियो उम्मेदवारका रुपमा हेरिएको थियो । त्यस विपरीत चण्डेश्वर श्रेष्ठ बार राजनीतिमा कम सक्रिय थिए भने रमण श्रेष्ठ पक्षधर तत्कालीन माओवादी निकट वकिलले रुचाएका थिएनन् ।

उसो त चुनावमा अध्यक्षका उम्मेदवारद्धय सुनिल पोखरेल र चण्डेश्वर श्रेष्ठ दुवैले अन्तर्घातको सामना गरे ।

सुनिलले कांग्रेससम्बद्ध केही बरिष्ठ अधिवक्ताको मत नपाएको चर्चा चलिरहँदा चण्डेश्वरले पनि रमण समूहको केही मत नपाएको दाबी वामपन्थी समूहको छ । तर, नेकपाले चण्डेश्वरको जितहारलाई पार्टीको प्रतिष्ठासँग जोडेर नेताहरु नै खटिएकाले वामपन्थीको विजय सहज बनेको उनीहरु बताएका छन् ।

बारको चुनावलाई कम्युनिस्ट सरकारको लोकप्रियतसँग जोडेर प्रचार गरेकाले पनि नेकपासम्वद्ध वकिलहरु दबावमा थिए । वामपन्थीले जितेमा सत्ताको ताबेदारी गर्ने र स्वतन्त्र न्यापालिकाको पक्षमा उभिन नसक्ने विपक्षीको दाबी थियो ।

बारको निर्वाचनलाई नेकपा सरकारको लोकप्रियता र नेकपाको जनमतसँग दाँजेर विपक्षीले प्रचार गर्न थालेपछि आफूहरुले प्रतिष्ठाको विषय बनाएको निर्वाचन प्रचार समितिकी सदस्य अधिवक्ता योगिता राईले बताइन् । परिणाम स्वभाविक भएपनि महासचिव र एक उपाध्यक्षको पराजय अप्रत्यासित भएको राईको भनाइ छ ।

नेपाल बारमा वामपन्थी प्यानलको विजयले सत्तारुढ नेकपालाई राहत मिलेको छ । महासचिव र प्रदेश ५ को उपाध्यक्ष भने लोकतान्त्रिक प्यानलले जितेको छ ।

बार निर्वाचनको अन्तिम परिणाम यस्तो छ  ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment