Comments Add Comment

जिल्ला सभापति भेलाप्रति देउवाको कटाक्ष–सानो झुण्डले भन्दैमा विशेष महाधिवेशन हुँदैन

२१चैत, विरानगर । कांग्रेस सभापति शेरवहादुर देउवाले पार्टीको विशेष महाधिवेशन बोलाएर देखाउन असन्तुष्टि पक्षलाई चुनौती दिएका छन् । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर जिल्ला सभापतिहरुको भेलाप्रति असन्तुष्टि जनाउँदै देउवाले सभापतिको हैसियतमा आफूले विशेष महाधिवेशन नडाक्नेसमेत प्रष्ट पारेका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले विशेष महाधिवेशन बोलाए आफू फेस गर्न तयार रहेको बताए । तर कांग्रेस विधान अनुसार विशेष महाधिवेशन डाक्ने अन्तिम अधिकार सभापतिमै छ ।

देउवलो भने ‘पार्टीको विशेष महाधिवेशन बोलाएर देखाउन म चुनौती दिन्छु, यदि कसैले महाधिवेशन गरेर देखाउछ भने म पार्टी सभापतिको हैसियतले त्यसलाई फेस गर्न तयार छु ।’

तर आफू पार्टीको सभापतिको हैसियतले भने महाधिवेशन भने देउवाले नडाक्ने प्रष्ट पारे । सभापति देउवाले पार्टीभित्र धेरै जिल्ला सभापतिहरु असन्तुष्ट नरहेको दावी गर्दै भेला बोलाउने सभापतिहरुलाई सानो झुण्डको संज्ञा दिए ।

देउवाले सानो झुण्डको जिल्ला सभापतिहरुको समुहले मात्र विशेष महाधिवेशन बोलाउन माग गदै आएको दाबी गरे । उनले असन्तुष्ट सभापतिहरुको संख्या २० जना मात्र रहेको भन्दै उनीहरुले विशेष महाधिवेशनको माग गर्न नमिल्ने समेत प्रष्ट पारे ।

देउवाले २० जनामात्र सभापति सहभागी भने पनि काठमाडौंमा जारी सभापति भेलामा ५१ जना सहभागी रहेको दावी आयोजकको छ । तर सभापति देउवाले बाहिर भने जतिको जिल्ला सभापतिहरु विशेष महाधिवेशन बोलाउने भेलामा सहभागी नभएको दाबी गरे । पार्टीको महाधिवेशन आइरहेकोले मात्रै आफ्नो विरोध गरिरहेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment