९ असोज, काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एउटै विधेयकबाट १२ वटा ऐन संशोधन गर्दैछ ।
यसका लागि ‘महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधिसभामा दर्ता गरिएको छ ।
मन्त्री सिता बादीका अनुसार नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ बमोजिम यस मन्त्रालयको नाम फेरिएकाले मन्त्रालयसँग सम्बन्धित ऐनहरुमा एकै पटक संशोधन गर्न लागिएको हो ।
प्रस्तावित विधेयकले समाज कल्याण ऐन २०४९, आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, ज्येष्ठ नागरिक सम्बन्धी ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, राष्ट्रिय समावेशी आयोग ऐनमा संशोधन गर्नेछन् ।
यसैगरी, आदिवासी जनजाति आयोग ऐन, मधेशी आयोग ऐन र राष्ट्रिय दलित आयोग ऐन, थारू आयोग ऐन, राष्ट्रिय महिला आयोग ऐन, मुस्लिम आयोग ऐन र सामाजिक सुरक्षा ऐनमा पनि संशोधन गर्नेछ ।
मन्त्री बादीका अनुसार यो विधेयक ऐनका रूपान्तरित भएर कार्यान्वयनमा जाँदा सरकारलाई थप आर्थिक दायीत्व सिर्जना हुने छैन ।
प्रतिक्रिया 4