Comments Add Comment

तपाईं कति लोभी ? कति असामाजिक ?

तपाईं महत्वकांक्षी हुनुहुन्न । धेरै बोल्ने स्वभावको पनि हुनुहुन्न । अरुसँग सजिलै घुलमिल गर्न सक्नुहुन्न । खर्चिलो पनि हुनुहुन्न । के त्यसो भए तपाईं असमाजिक हो ? के तपाईं कमजोर हो ? के तपाईं कञ्जुस हो ? के तपाईं गंभीर हो ?

पक्कै होइन । तपाईंका यी स्वभाव एवं आनीबानी आफैमा खराब होइन । न त यसले तपाईं कमजोर भन्ने नै देखाउँछ ।

‘रातभर साथीसँग पार्टी छ ? अहो ! सायद म आउँदिन ‘

अरुले भन्छन्, ‘तपाईं कस्तो असामाजिक ?’

कतिपय व्यक्तिलाई तामझाम मनपर्दैन । भिडभाडमा बस्न असहज हुन्छ । उनीहरु एकान्तपि्रय हुन्छन् । मदिरा र मोजमस्तीमा रमाउन सक्दैनन् । उनीहरु लजालु पनि हुनसक्छन् । अन्र्तमुखी हुनसक्छन् । उनीहरु आफ्नै दुनियामा मग्न रमाउने किसिमका हुन्छन् ।

अरुसँग गफिने, उफ्रिने, नाच्ने, पिउने बानी हुँदैन । त्यसैगरी राती अबरेसम्म बस्न सक्दैनन् । त्यसो त कतिपयलाई त्यस्तै किसिमको शारीरिक समस्या हुन्छ । कतिलाई घर परिवारको दबाव हुन्छ ।

जब साथीभाई कतै जमघटको तयारी गर्छन्, उनीहरु त्यस्ता जमघटमा सामेल हुँदैनन् । यस्ता व्यक्तिलाई साथीभाईले ‘असामाजिक’, ‘घुलमिल नहुने’, ‘साथीभाईसँग नमिल्ने’, ‘कञ्जुस’ आदि ट्याग लगाएर तिरस्कार गर्छन् ।

जबकी उनीहरुको स्वभाव नै त्यस्तै हुन्छ । प्रवृत्ति नै त्यस्तै हुन्छ । साथीभाईको नजरबाट हेर्दा उसमा कमी कमजोरी देखिएला । तर, उनको नजरबाट हेर्दा साथीभाईमा पनि त कमजोरी देखिन्छ ।

वास्तवमा कति व्यक्ति अन्र्तमुखी हुन्छन् । धेरै जनासँग घुलमिल गर्न सक्दैनन् । यद्यपी उनीहरु विचारसिल हुन्छन् । शान्त हुन्छन् । उनीहरुलाई अरुसँग मोजमस्ती गर्दै रात काट्ने रहर हुँदैन । यस किसिमको स्वभाव हुनु कुनै समस्या होइन । कुनै दुर्गुण होइन । यो त गुण हो ।

यस्ता व्यक्तिहरु परिवारप्रति जिम्मेवार हुन्छन् । छोराछोरीप्रति संवेदनशिल हुन्छन् । आफ्नो स्वास्थ्यको ख्याल राख्ने हुन्छन् । समय र स्वास्थ्यप्रति सचेत हुन्छन् ।

हामी जे सोच्छौं, जे गर्छौं, त्यस्ता कुरामा अरु दोस्रो व्यक्ति सहमत हुनुपर्छ भन्ने छैन । हामी रमाइलो जमघट गर्छौं, त्यसमा अर्को साथी आउनैपर्छ भन्ने छैन । किनभने उनीहरुको आफ्नै स्वभाव, आफ्नै वाध्यता हुन्छ ।

वास्तवमा अन्र्तमुखी हुनु राम्रो गुण पनि हो । उनीहरु एक्लै रमाउने स्वभावका हुन्छन् । अरुप्रति चियोचर्चा गर्ने, अनावश्यक कुरा गरेर समय बर्वाद गर्ने खालका हुँदैनन् । उनीहरु कुनैपनि काममा संवेदनशिल र जिम्मेवार हुन्छन् ।

‘धेरै तामझाम नगरौं, यसले अनावश्यक खर्च हुन्छ’

अरुले भन्छन्, ‘तपाईं कन्जुस हुनुहुन्छ ।’

मानौ साथीहरु कुनै रमाइलो गर्ने योजना बनाउँछन् । कतै घुमफिर गर्ने सल्लाह गर्छन् । वा किनमेल गर्न जाउँ भन्छन् ।

फिल्म हेरौं भन्छन्, लुगाफाटो किनौ भन्छन्, पार्टी गरौं भन्छन्, लङ ड्राइममा जाउँ भन्छन् । कोही व्यक्ति यस्ता कुरामा राजी हुँदैनन् । अतः उनका साथीहरुले ति व्यक्तिलाई ‘कञ्जुस’, ‘लोभी’, ‘एकलकाँटे’ जस्ता ट्याग भिराइदिन्छन् ।

जबकी उनले केही गल्ती गरेकै हुँदैनन् । उनको कुनै दोष नै हुँदैन । उनका निम्ति किनमेल गर्नु,  घुमफिर गर्नुर्, सिनेमा हेर्नु, पार्टी गर्नु भनेको विलासिता मात्र लाग्न सक्छ । यस्तो कामले फजुल खर्च हुन्छ भन्ने सोच्छ । यसरी अनावश्यक कुरामा खर्च गर्दा व्यायभार बढ्छ । आर्थिक व्यायभार बढेपछि तनाव हुन्छ ।

यसरी सोचविचार गर्नेहरु लोभी होइनन् । कञ्जुस होइनन् । उनीहरु आफ्ना साथीसँग नमिलेका पनि होइनन् । बरु मितव्यायी हुन् । जतन गर्ने स्वभावका हुन् । उनीहरु अनावश्यक खर्च गर्ने, जथाभावी पैसा खर्चने स्वभावका हुँदैनन् ।

किनभने आर्थिक कुराले जीवनमा ठूलो महत्व राख्छ । जब तपाईं आर्थिक रुपमा कमजोर हुनुहुन्छ, जीवन कष्टकर र बोझिलो हुन्छ । हामीले अनावश्यक खर्च गर्‍यौं, मोजमस्तीमा पैसा उडायौं भने क्रमस हामीमा आर्थिक संकट पर्छ । यसले भोलिका दिनमा जीवन जिउनै गाह्रो हुने अवस्था पनि आउँछ ।

त्यसैले जथाभावी खरिद गर्ने, खर्च गर्ने व्यक्ति उदार, राम्रा होइनन् । त्यसैगरी अनावश्यक खर्च नगर्ने व्यक्ति कन्जुस होइनन् । बरु उनीहरु सतर्क र सचेत व्यक्ति हुन् । मितव्ययिता बचतको लागि सबैभन्दा राम्रो गुण हो ।

बरु उनीहरुको गुणलाई हामीले बुझ्नुपर्छ र त्यसबाट पनि केही सिक्नुपर्छ । कुनैपनि कुरा खरिद गर्नुअघि त्यो हाम्रो आवश्यक्ता हो कि रहर ? फजुल खर्चबाट कसरी बच्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment