+

कर्णाली याक्सले ट्यालेन्ट हन्ट आयोजना गर्ने

२०८२ कात्तिक  ४ गते २१:३९ २०८२ कात्तिक ४ गते २१:३९
कर्णाली याक्सले ट्यालेन्ट हन्ट आयोजना गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली याक्स स्पोर्ट्स प्रालिले मंसिरमा दोस्रो नेपाल प्रिमियर लिगका लागि ट्यालेन्ट हन्ट आयोजना गर्ने जानकारी गराएको छ।
  • ट्यालेन्ट हन्ट आगामी नोभेम्बर ३ मा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने छ र इच्छुक खेलाडीलाई नाम दर्ता गर्न अनुरोध गरिएको छ।
  • पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका विपिन प्रसाद शर्मालाई कर्णाली याक्सले रिटेन गरेको छ र ज्ञानेन्द्र मल्ललाई प्रशिक्षकमा निरन्तरता दिएको छ।

४ कात्तिक, काठमाडौं । कर्णाली याक्स स्पोर्ट्स प्रालिले ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि ट्यालेन्ट हन्टबाट युवा खेलाडीको खोजी गरिने जानकारी गराए ।

‘पहिलो संस्करणमा झै हामीले दोस्रो संस्करणमा पनि ट्यालेन्ट हन्ट आयोजना गर्दैछौं । यसपटक पनि हामी विपिन शर्मा जस्तै नयाँ स्टार खोज्ने प्रयासमा हुन्छौं,’ निर्देशक गृहेन्द्र घिमिरेले भनेका छन् ।

कर्णाली याक्सले आगामी नोभेम्बर ३ मा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ट्यालेन्ट हन्ट हुने जानकारी गराएको छ । इच्छुक खेलाडीलाई नाम दर्ता गर्न पनि कर्णाली याक्सले अनुरोध पनि गरेको छ ।

दोस्रो संस्करणको लागि कर्णाली याक्सले आफ्नो तयारी तीव्र बनाएको छ । २०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।

यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । विपिन पहिलो संस्करणको ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका स्टार हुन् ।

१६ वर्षीय स्पीनर विपिनले ८ खेलाडीमा १३ विकेट लिएका थिए । उनी एनपीएलमा सर्वाधिक धेरै विकेट लिने पाँचौ खेलाडी समेत बनेका थिए । यसपछि उनले नेपालको यु–१६ टिमको कप्तानी गरेका थिए ।

कर्णाली याक्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय