Comments Add Comment

कलर्सले ल्यायो नयाँ मोबाइल

२२ कात्तिक, काठमाडौं । कलर्स मोबाइलले नयाँ दुई मोबाइल सेट नेपाली बजारमा बिक्री शुरु गरेको छ । कम्पनीले स्टार थ्रिजी र Colors-Star-3Gएक्स-फ्याक्टर आइडल नामका दुईवटा मोडल नेपालमा बिक्री शुरु गरेको हो ।

स्टार थ्रिजी ३.५ इञ्च एचभीजीए मल्टी टच स्त्रिन भएको मोबाइल हो । यस मोबाइलको अगाडी र पछाडी २ मेगा पिक्सेल क्यामेरा जडान गरिएको छ । जस्ले गर्दा सजिलैसँग भिडियो कल गर्न सकिन्छ । फोनमा रहेको थ्रिजी विशेषताले नेटवर्किङ र विभिन्न खालका प्रोग्रामहरु सजिलै चलाउन सकिने कम्पनीले जनाएको छ । १२०० एमएएच क्षमताको ब्याट्री भएको यस मोबाइलमा १.२ गीगाहर्ज डिउल कोर प्रोसेसर, ५१२ एमबी रोम, २५६ एमबी र्‍याम रहेको छ ।

त्यसैगरी, एक्स-फ्याक्टर आइडल दुई सीम प्रयोग गर्न मिल्ने मोबाइल सेट हो । यसमा १ गीगाहर्ज प्रोसेसर, ५१२ एमबी रोम र २५६ एमबी र्‍याम रहनुका साथै अगाडी पछाडी २ मेगा पिक्सेल क्यामेरा जडान गरिएको छ । यो मोबाइलमा ३२ जीबीसम्म मेमोरी विस्तार गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment