Comments Add Comment

पार्टी सानो भएपनि एजेन्डाको जित भयो : भट्टराई

१२ मंसिर, गोरखा । एकीकृत नेकपा माओवादी नेता डा बाबुराम भट्टराईले एमाओवादी पार्टी अहिले आकारमा सानो भएपनि एजेन्डाले जितेकाले कोही पनि आत्तिनु नपर्ने वताउनु भएको छ । Baburam-Bhattaraiगोरखा बुधवार गोरखामा स्थानीय मतदातासँग कुरा गर्दै उहाँले निर्वाचनमा पार्टीको थोरै सङ्ख्या देखिँदा केही अप्रत्यासित देखिन आएको छ । चुनाव स्वतन्त्र भएन कि भन्ने हामीलाई लागेको छ । त्यसैले हामीले छानबिनका लागि पहल गरेका छौँ ।

यो चुनावमा केही कमी कमजोरी देखियो । मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका लैजाँदा एजेन्ट लगिएन । बाह्र घन्टासम्म मतपेटिका सुरक्षा घेरामा राखिएको कारण त्यहाँ धाँधली भयो भन्ने आशङ्का छ । यसको टुङ्गो नलागेसम्म यसलाई स्वीकार गर्नुहुँदैन भन्ने हाम्रो भनाइ छ ।

परिवर्तनकामी जनताले कहिल्यै नहार्ने बताउँदै डा भट्टराईले सत्य र न्यायले अन्त्यमा जित्ने हो भन्नुभयो । एमाओवादी सत्तामा भए पनि नभए पनि जनताको पक्षमा निरन्तर लागि पर्दछ । अन्तिम लडाइँ जनताले जित्छ उहाँले भन्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment