
५ चैत्र, नवलपरासी । नवलपरासी प्रहरीले ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-५ वेतहानी वस्ने ३२ वर्षीय रामदुलारे लोनिया पक्राउ परेका हुन् ।
लोनियाले मादकपदार्थ सेवन गरेर बालिका घर एक्लै भएको बेला जबरजस्तीकरणीको प्रयास गरेको आरोप लागेको छ ।
उनलाई बालिका जबरजस्ती करणी उद्योग अन्तरगत मुद्दा चलाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4