Comments Add Comment

मोस्ट वानटेडहरु अपार्टमेन्टमा

१४ मंसिर, काठमाण्डौं । प्रहरीबाट बच्न आपराधिक व्यक्तिहरुले कोलोनी र अपार्टमेन्टलाई आश्रयस्थल बनाउन थालेका छन् । अपार्टमेन्ट र कोलोनीमा बसेर आपराधिक गतिविधि गर्नेहरु धमाधम पक्राउ पर्न थालेपछि यस्तो तथ्य खुलेको हो ।

ललितपुरको रिलायबल कोलोनीबाट बुधबार दुईजना भिओआइपी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । कोलोनीभित्रको घर नम्बर ५४ मा बस्दै आएका आनन्दाराज जोशी र उनका छोरा सौगातराज जोशीलाई पक्राउ गरेको नयाँ पत्रिकामा खबर छ ।

जोशीद्वयले लगनखेलमा मीरा बराकोटीको घरमा भाडा लिइ कल बाइपासको धन्दा चलाउँदै आएका थिए । त्यहाँबाट प्रहरीले ३२ पोर्टको दुईवटा गेटवे मेसिनलगायत विभिन्न उपकरण बरामद गरेको छ । उनीहरुले नेपाल टेलिकम र एनसेल दुवै कम्पनीका सिमकार्ड प्रयोग गरी कल बाइपास गर्दै आएको प्रहरीले जनाएको छ ।

अवैध कल बाइपासबाट कमाउको रकमले उनीहरुले कोलोनीमा आरामदायी जीवन विताउँदै आएको प्रहरीले जनाएको छ । अन्यत्र बस्दा प्रहरीको निगरानी हुनसक्ने भएकाले उनीहरु कोलोनीमा बसेको हुनसक्ने प्रहरीको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment