
३ चैत, काठमाडौं । काठमाडौंमा कर्णालीका फोटो प्रदर्शनी सुरु भएको छ । पत्रकार रमेश भुसाल र नवीन बरालले कर्णाली भ्रमणका क्रममा खिचेका तस्वीहरु प्रदर्शनीमा राखिएको छ ।
नेपाल नदी संरक्षण कोषको आयोजनामा ४४ दिनसम्म भएको यात्राका क्रममा उनीहरुले खिचेका तस्वीहरु प्रदर्शनमा राखिएको हो । कर्णाली नदी प्रणालीको माध्यमबाट कर्णालीको सामाजिक सांस्कृतिक र वातावरणीय अवस्थाको अध्ययन गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको थियो । यात्रा कर्णालीको शीर तिब्बतदेखि भारतको गंगानदीसम्म गरिएको थियो ।
यात्राका क्रममा खिचिएका तस्वीरमध्ये ५० वटा तस्वीर बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीको आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका हुन् । प्रदर्शनी आउँदो शुक्रबारसम्म चल्नेछ ।


प्रदर्शनीमा राखिएका तस्वीरहरू यस्ता छन् :




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4