Comments Add Comment

अवैध भरुवा बन्दुक र गाँजासहित पाँच पक्राउ

४ चैत्र, हेटौंडा । मकवानपुरमा प्रहरीले अवैध भरुवा बन्दुक र लागु औषध गाँजासहित पाँचजनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा राक्सिराङ गाउँपालिका–७ का दिप्सन भन्ने २० वर्षीया सर्गलाल प्रजाको घरबाट ७८ केजी लागूऔषध गा“जासहित अवैध रुपमा राखेको एक थान भरुवा बन्दुक पक्राउ गरेको हो ।

उनको घरबाट प्रहरीले सानो व्याट्री तीन थान, स–साना ढुङ्गाका टुक्रा २५ वटा, एकसय एमएलको आल्मुनियम बोतलमा बारुद्ध तथा एकथान रोल पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले सोही स्थानका ४५ वर्षीय चन्द्रबहादुर चेपाङसहित उनको घरबाट ६१ केजी गाँजा र एकथान भरुवा बन्दुक प्रहरीले बरामद गरेको मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले बताए ।

उनका अनुसार प्रहरीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटे चेकपोष्टबाट भारतीय गाडीमा बोकेको लागु औषध गा“जासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले डब्लुबी ०६–६३०९ नम्बरको भारतीय कारमा फल्स् बनाएर हेटौंडाबाट वीरगञ्जतर्फ गाँजा लैजादै गर्दा अवस्थामा भारतको विहारस्थित भगलपुरका ३० वर्षीय विष्णुकुमार शाह, ३० वर्षीयाा रेणुदेवी र २८ वर्षीय अहमद गुल्जार पक्राउ परेका हुन् ।

कारबाट प्रहरीले ४५ किलोग्राम गाँजा बराबद गरेको हो । पछिल्लो समय लागु औषधको कारोबारका तिब्रता आएको भन्दै मकवानपुरले लागु औषध नियन्त्रणका लागि अभियान चलाइरहेको प्रहरी प्रमुख एसपी सिंहले बताए । स्थानीय स्तरमै लागु औषधको खेती हुने, सीमावर्ति जिल्लाबाट पनि मकवानपुरलाई ट्रान्जिट बनाएर भारत लागु औषध लैजाने कार्यको प्रहरीले अनुसन्धान र नियन्त्रणको काम गरीरहेको बताए ।

अहिले तयारी अवस्थामा पाइने लागु औंषध सिरिन्जका रुपमा भित्रने गरेकाले यसको नियन्त्रणलाई सीमादेखि नै प्रहरीले अनुसन्धान र अनुगमन गरी लागु औषध नियन्त्रणको काम गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment