+
+
Shares

निराजनको अंगालोमा बोल्ड कविता

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ४ गते १४:०८

गायक भुसन राइ केही बर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । उनै, गायक राइले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘मरुभुमी’ बोलको गीतमा भुसनकै शब्द, स्वर र संगीत छ । यो गीतमा गायकले यूवतीको प्रवेशपछि मरुभुमीले पानी पाए जस्तो भन्ने भावलाई उठान गरेका छन् । यो गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

अर्जुनले ८ सय भन्दा बढी म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् । निर्देशकले यो भिडियोमा आफूले गीतको भाव अनुसारकै प्रस्तुती र लोकेशन खोजेको बताए । गीतको भिडियोमा मोडलद्धय निराजन प्रधान र कविता नेपालीलाई फिचरिङ गरिएको छ । कवितालाई भिडियोमा निकै बोल्ड देखाइएको छ ।

भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ । गायक भुसालले सबै खालका दर्शकका लागि यो गीत तयार पारेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?