Comments Add Comment

०४७ सालको संविधान फर्किदैन : नेपाल

क्रान्ति शाह

१४ मंसिर, वीरगन्ज । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मुलुकमा २०४७ सालको संविधान फर्किने सम्भावना नरहेको बताउनु भएको छ । नेपालले मुलुक कुनै एउटा धर्म, जाति र समुदायको नभएकाले अब २०४७ सालको संविधान फर्किने सम्भावना नरहेको दाबी गर्नु भयो ।madhav-nepal

नेकपा एमाले पर्साले शुक्रवार वीरगन्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै  उहाँले अहिले काँग्रेस र एमालेले एक आपसमा विश्वास कायम गरेर अगाडि बढनु पर्ने आवश्यकता रहेको बताउनु भयो । लोकतन्त्रलाई संस्थागत गर्न र संविधान निर्माणको कामलाई पुरा गर्न अहिले दुवै पार्टीको काँधमा ठुलो जिम्मेवारी आएको बताउँदै उहाँले एकीकृत माओवादी र नेकपा-माओवादी लगायतका दललाई पनि संगै लिएर जानु पर्नेमा जोड दिनु भयो ।

मधेशवादी दलका नेताहरुको आचरण ठिक नभएकै कारण निर्वाचनमा मधेशवादी दलले मधेशबाट हार व्यवहोर्नु परेको भन्दै उहाँले एमाले र काँग्रेस मधेशीको मुद्दाप्रति इमान्दार रहेको कुरा निर्वाचनको परिणामबाट पुष्टि भएको जिकिर गर्नु भयो ।

 उहाँले पार्टी छाडेर अन्य दलमा गएका एमालेका पुर्व नेताहरुलाई पुनः पार्टीमा फर्किन आहृवान समेत गर्नु भयो । नेपालले स्थानीय निकायको निर्वाचनमा एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गर्न अहिलेदेखि नै एकजुट भएर लाग्न पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment