Comments Add Comment

महानगरभित्र पार्किङ गर्दा अब शुल्क तिर्नु नपर्ने

१९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालीकाभित्र सवारी पार्किङ शुल्क तिर्दा-तिर्दा आजित हुनुभएको छ भने खुशीको खबर छ । महानगरपालीकाका सार्वजनिक स्थानहरुमा पुस १ गतेदेखि पार्किङ निःशुल्क हुने भएको छ । महानगरपालीकाले नयाँ बानेश्वर, प्युखा, खिचापोखरी, कालीमाटी लगायतका ७३ स्थानमा निःशुल्क पार्किङको व्यवस्था गर्न लागेको हो ।

स्थानीय स्वयत्त शासन ऐन ०५५ र नियमावली ०५६ का प्रावधानअनुरुप महानगरपालीकाले पार्किङ शुल्क लिएर सवारी व्यवस्थापन गर्दै आएको थियो । उक्त व्यवस्था असार मसान्तमै सकिएकाले अब निःशुल्क पार्किङ बनाइएको महानगरको भनाई छ ।

महानगरपालीकाले फागुन महिनामा काठमाडौंका ७३ स्थानमा खुला प्रतिस्पर्धाबाट पार्किङका लागि बोलपत्र आहृवान गरेकोमा पार्किङ ठेकेदारहरुले महानगरको कदम न्याससंगत नभएको भन्दै वैशाखमा सर्वोच्च र पुनरावेदन अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्धा अदालतमा अझैपनि विचाराधीन भएकाले महानगरले बोलपत्र आहृवान गर्न नमिलेपछि निःशुल्क पार्किङ बनाइएको हो ।

निःशुल्क पार्किङको व्यवस्था भएपनि चालक मर्यादामा रहनुपर्छ । पार्किङ स्थलको प्रारम्भ बिन्दु र अन्तिम बिन्दुमा रेखाचिन्ह र सूचनापाटी राखिने छ । रेखा चिन्हभन्दा बाहिर राखिएका सवारी साधनलाई १ हजार रुपैयाँ जरिवाना गरिने छ । मोटरसाइकलका लागि २.५ फिट र चारपांग्रेका लागि ९ फिटको क्षेत्र राखी रेखाङ्कन गरिने बताइएको छ ।

महानगरपालीको शुक्रबार बसेको बोर्ड बैठकले यात्रु आवागमनमा असहज भए कार्यदलको सिफारिसमा पार्किङ स्थल हटाउन सकिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment