Comments Add Comment

एमालेमा दुईथरी सभासद् लिष्ट, माधव नेपाल संस्थापनतिर

२४ मंसिर, काठमाण्डौ । पहिले मन्त्री र सभासद् भइसकेकाहरुलाई समानुपातिकमा नराख्न युवाहरुले दबाब दिइरहेका बेला एमाले शीर्ष तहमा दुईथरी सभासद्को सूची बन्न थालेको छ ।

चुनावसँगै एमालेका फेरिएको समीकरण पनि सतहमा देखिन थालेको छ । बरिष्ठ नेता माधवकुमार नेपाल अर्का नेता केपी ओलीको साथ छाडेर संस्थापनतिर लागेका छन् । अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमको आग्रहपछि अहिले नेपालले समानुपातिक सभासद्को सूची बनाइरहेको सोमबार प्रकाशित साँघु साप्ताहिकले छापेको छ ।

jhalanath,-kp-and-madhavयस्तै ओलीका पक्षको सूची बनाउन ओली, बिद्या भण्डारी, शंकर पोखरेल र प्रदीप ज्ञवालीहरु लागिरहेका छन् । फेरिएको समीकरणले सरकार, पार्टी नेतृत्व, संसदीय दलको नेता चयन र आगामी महाधिवेशनसम्मै असर पुर्‍याउने समाचारमा उल्लेख छ । संस्थापन पक्षको सूची माधव नेपालले बनाउन लागेको सूचना पाएपछि अहिले गौतम र खनाल पक्षका सम्भावित सभासद्हरु माधव नेपालसम्म पहुँच पुर्‍याउन थालेका छन् ।

बरिष्ठलाई बाई-बाई, युवालाई अवसर

बाहुन क्षेत्रीको कोटाबाट पार्टीका पुरानै र पटकपटक मन्त्री भइसकेका अनुहार पर्ने देखिएपछि पार्टीमा युवा पुस्ताले दबाब दिन थालेका छन् । बिद्या भण्डारी, युवराज ज्ञवाली, भरतमोहन अधिकारी, अमृत बोहोरा, प्रदीप नेपाल, मुकुन्द न्यौपाने, केशव बडाल, महेन्द्रबहादुर पाण्डे, पशुपति चौलागाईं, बेदुराम भुसाल, खगराज अधिकारी र भानुभक्त जोशीमध्येका नेताहरु त्यागे वा छाडेमात्र नयाँ पुस्ताले अबसर पाउने देखिएपछि युवा पुस्ता के उर्जाका भरमा राजनीति गर्ने भन्दै प्रश्न गरिरहेका छन् । एकपटक मन्त्री वा सभसाद् भइसकेकाहरु अहिले समानुपातिकमा नपार्न आगामी केन्द्रीय कमिटि बैठकमा आवाज उठाउने उनीहरुले बताएका छन् ।

यसपटक अनेरास्वबियुका पूर्व अध्यक्षहरु राजेन्द्रकुमार राई, ठाकुर गैरे, रामकुमारी झाँक्री समानुपातिकबाट सभासद बन्ने लगभग निश्चित देखिएको छ । त्यस्तै पूर्व महासचिव गोकुल घर्ती र पूर्व उपाध्यक्ष सुधिर साह र पूर्व सचिव रचन खड्कामध्येबाट पनि सभासद बनाइने स्रोतले बतायो । युवासंघका निरु पाल र दिलु पन्तलाई पनि सभासद् बनाउन संघले लविङ गरिरहेको छ ।

२० जिल्लामा एमाले खाली

प्रत्यक्ष निर्वाचनमा मुलुका २० जिल्लामा एमाले निल भएको थियो । ती ठाउँबाट प्रतिनिधित्व हुने गरी समानुपातिक सभासद छान्न नेतृत्वले कसरत गरिरहेको समाचारमा उल्लेख छ । एमालेले संखुवासभा, सोलुखुम्बु, रामेछाप, नुवाकोट, ललितपुर, भक्तपुर, गोरखा, मनाङ, बाग्लुङ, मुस्ताङ, दाङ, रुकुम, रोल्पा, जाजरकोट, सुर्खेत, हुम्ला, जुम्ला, कालिकोट, कञ्चनपुर र डडेल्धुरा जिल्लाबाट चुनाव जित्न सकेको छैन् । ती जिल्लाबाट महिला, दलित, पिछडिएको क्षेत्रको कोटाबाट पारेर भएपनि एकजना प्रतिनिधित्व गराउने योजनामा एमाले नेतृत्व लागेको बताइएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment