Comments Add Comment

थाइ प्रधानमन्त्रीद्वारा संसद भंग, चुनाव गर्ने घोषणा

२४ मंसिर, काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री यिङलक सिनावात्राले संसद भंग गरी चुनावको घोषणा गर्नु भएको छ । विपक्षीले राजीनामा माग्दै आन्दोलन चर्काएपछि सिनावात्राले चुनावको आह्वान गर्नु भएको हो । यद्यपि चुनावको मिति भने घोषणा भएको छैन ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री सिनावात्राले जतिसक्छो छिटो चुनाव गर्ने बताउनुभयो । सरकारविरुद्ध धेरै जनता रहेको भन्दै उहाँले निर्णय गर्ने अधिकार र सत्ताको नेतृत्वको नागरिकलाई दिनु र चुनाव गर्नु सबैभन्दा उपयुक्त विकल्प भएको बताउनुभयो । यिङलक २०११ मा निर्वाचित हुनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment