Comments Add Comment

सुरुङमार्गमा निर्माणको काम सुरु

२४ मंसिर, हेटौँडा । बहुचर्चित हेटौँडा-कुलेखानी-काठमाडौँ सुरुङमार्गको पहिलोचरणको निर्माण कार्य सुरु भएको छ । पहिलो चरणको निर्माण कार्यमा २४ करोड रुपैयाँ खर्च लाग्नेछ । यसको जिम्मा मेघा टेक इन्जिनियरिङ, हाई हिमालयन कन्स्ट्रक्सन, युनाइटेड विल्डर्स र स्वछन्द निर्माण सेवालाई दिइएको छ ।नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीले रु कामको सुरुवात भीमफेदीबाट कुलेखानीसम्मको सुरुङ खनेर गरिएकाले पनि कामका लागि सो मार्ग प्रयोग आई ढुवानीमा सहजता आउने बताउनुभयो ।

सुरुङमार्ग हेटौँडाको राप्तीपुलबाट सुरु भई लालझडी निस्कने र त्यहाँबाट अर्को सुरुङ मार्ग हुँदै भैँसे र पान्द्रङको बीचमा निस्कने छ । भीमफेदीबाट सुरु हुने अर्को सुरुङ हँुदै रानीखोला निस्कने र त्यहाँबाट काठमाडौँको बल्खु पुग्न पुनः अर्को एउटा सुरुङ निकालिने कम्पनीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment