Comments Add Comment

लुम्बिनीको ८ प्रतिशत बोनस शेयर प्रस्ताव

२८ मंसिर, काठमाडौं । मञ्जुश्री फाइनान्ससँग मर्ज हुने सम्झौता गरेको लुम्बिनी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरुलाई बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशतका दरले बोनस शेयर र त्यसमा लाग्ने कर वापत ०.४२ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।Lumbini-Bank

बोनश वितरण गर्ने बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरिसकेको छ । आगामी पुस २६ गते हुन गइरहेको सोह्रौं वाषिर्क साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि शेयर धनीहरुलाई बोनश वितरण गरिने छ । बोनश वितरणपश्चात बैंकको चुक्ता पुँजी वृद्धि हुनेछ । हाल १ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी बोनश वितरणपश्चात १ अर्ब ७३ करोड रुपैयाँ पुग्नेछ ।

मञ्जुश्रीसँग मर्ज हुँदासमेत बैंकको चुक्ता पुँजी राष्ट्र बैंकले तोकेभन्दा कम हुने देखिएको छ । मर्जपछि बैंकको चुक्ता पुँजी जम्मा १ अर्ब ८७ करोड रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुको हकमा चुक्ता पुँजी न्यूनतम २ अर्ब हुनुपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment