Comments Add Comment

दस गोही नदीमा छाडिए

७ पुस, चितवन । विश्वबाटै लोप हुने अवस्थामा पुगेको घडियाल गोही संरक्षण गर्ने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्जले आज १० वटा घडियाल गोहीका बच्चा राप्ती नदीमा छाडेको छ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्किएका १० वटा घडियाल गोहीका बच्चा कसरास्थित राप्ती नदीमा छोडिएको हो ।

वन मन्त्रालयका सचिव डा गणेशराज जोशी, वन विभागका महानिर्देशक विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मेघबहादुर पाण्डे, चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा र मध्यमाञ्चल क्षेत्रीय वन निर्देशक राजदेव यादवले संयुक्त रुपमा गोही छाड्नु भएको हो । नदीमा छाडिएका ६ देखि ८ वर्ष उमेरका गोहीमध्ये आठ पोथी र दुई भाले रहेका छन् ।

सो अवसरमा सङ्कटापन्न अवस्थामा रहेको गोहीको सङ्ख्या वृद्धि गर्न सरकारी प्रयास भइरहेको भन्दै सचिव जोशीले सबै क्षेत्रबाट संरक्षणमा सहयोगको अपेक्षा गर्नुभयो । गोही संरक्षणका लागि निकुञ्ज विभागले चितवनको कसरामा २०३५ सालमा गोही प्रजनन केन्द्र खडा गरी बर्सेनि नदीमा गोहीको बच्चा छाड्दै आएको छ । हालसम्म राप्ती, नारायणी, कालीगण्डकी, कणर्ाली र बबईमा गरी ९ सय २१ वटा गोही छोडिएको संरक्षण केन्द्र हेर्दै आएका चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले जानकारी दिनुभयो ।

नदीमा छाडिएको गोहीको अवस्था बुझ्न गतवर्ष गरिएको गणनामा १ सय २४ वटा मात्र भेटिएका थिए । बर्सेनि ती नदीका बगरबाट गोहीको अण्डा सङ्कलन गरी कसराको प्रजनन केन्द्रमा बच्चा कोरलेर त्यसलाई हुर्काएर नदीहरूमा छाड्ने गरिन्छ । गोही हुर्काउनका लागि वाषिर्क ५० लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको सहायक संरक्षण अधिकृत खड्काले बताउनुभयो । हाल प्रजनन केन्द्रमा ६ सय गोही रहेका छन् । विश्वमा पाइने २१ जातका गोहीमध्ये नेपालमा मगर र घडियाल गोही पाइन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

सम्बन्धित खवर

Advertisment