Comments Add Comment

थाउलोमा विजय र सुस्मितालाई स्वर्ण

१३ माघ, काठमाडौं । मोरङका विजय सिन्जाली र सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी सुस्मिता तामाङले प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत १० औं राष्ट्रिय उसु प्रतियोगिताको थाउलोमा सोमबार स्वर्ण जितेका छन् ।

धरानस्थित पब्लिक हाइ स्कुलमा भएको पुरुष छाङ छ्वानमा कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेका विजयले एसियाली खेलकुदको समेत अनुभव बटुलेका निराजन ओले मगरलाई पछि पारे । विजयले ८.८० अंक जोडे भने राष्ट्रिय टिमका सदस्य समेत रहेका निराजनले ८.७५ अंक ल्याए । ७.२० अंकसाथ काभ्रेका पेमा लामाले तेश्रो स्थानमा चित्त बुझाए ।

नेपाल उसु संघद्वारा आयोजित प्रतियोगिताको महिला छाङ छ्वानमा सुस्मिताले ८.०५ अंक जोडिन् । दोश्रो भएकी सिन्धुलीकी रविना गमालले ६.२० तथा तेश्रो भएकी ललितपुरकी कविता थापा मगरले ५.७५ अंक जोडे । सोमबारै सान्सौंतर्फ पनि विभिन्न चरणका खेल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment