Comments Add Comment

मलेसियन खुला एथलेटिक्समा हरिलाई स्वर्ण

११ असार, काठमाडौं । मलेसियाको काङ्गर पर्लिसमा भइरहेको ९१ औं मलेसियन खुला एथलेटिक्स च्याम्पियनसिपमा नेपाली खेलाडी हरि रिमालले स्वर्ण जितेका छन् ।

हरिले पुरुषको ५ हजार मिटर दौडमा उक्त उपलब्धी हात पारेको टोली प्रशिक्षक सुशीलनरसिंह राणाले जनाएका छन् । सो स्पर्धामा गोपीचन्द्र पार्कीले रजत जिते । त्यस्तै महिलाको ५ हजार मिटर दौडमा कान्छीमाया कोजुले पनि रजत हात पार्न सफल भइन् ।

महिला ४ सय मिटर दौडमा दिलमाया कार्कीले दोश्रो हिटमा चौथो स्थानमा दौड टुंगाइन् । महिलाको लङजम्पमा केशरी चौधरी फाइनलमा पाँचौ स्थानमा रहिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment