Comments Add Comment

अदिती भन्छिन्-‘मलाई विकिनी र चुम्बनमा गर्व छ’

aditio-rayo

बलिउड नायिका अदिती राव हैदरीले केही सिनेमामा चुम्बनको दृश्य दिइसकेकी छिन्, विकिनी लगाइसकेकी छिन् । उनलाई आफूले गरेको यस्तो दृश्यमा गर्व पनि छ ।

‘बोस’ सिनेमामा विकिनी लगाएकी अदितीले आफूले बारम्बार यस्तो दृश्य नगर्ने जनाएकी छिन् । उनले ‘ऐ साली जिन्दगी’मा गरेको चुम्बन र ‘बोस’मा लगाएको विकिनीको बारेमा भनिन्-‘मेरो शरीर यस्तो पहिरन लगाउनको लागि फिट छ । म जुन पहिरन लगाउन चाहन्छु, त्यो लगाउनका लागि मलाई कसैले दबाब दिन सक्दैन ।

‘यदि मैले चलचित्रमा विकिनी लगाउन नचाहेको भए कसैको जर्बजस्तीले पनि सक्ने थिएन ।’ उनले आफूलाई पछि केही बढी नै गरेछु जस्तो लागेको बताइन् । हिन्दी फिल्म नगरीका नायिकाका लागि यस्तो दृश्य केही बढी नै हुने गरेको उनको भनाई छ । यस्ता दृश्य बारम्बार गर्दा उसको प्रतिष्ठामा नै असर पर्ने अदितीको भनाई छ ।

 उनले भनिन्-‘स्वतन्त्रताको मतलब यो होइन की म आफ्नो खुशीमा जे पनि लगाउँदै हिडुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment