Comments Add Comment

घर फर्किएका रोनाल्डोलाई लिन कोही आएनन्, ट्याक्सी चढेर गए

Ronaldo

ब्राजिल विश्वकपमा निराशाजनक प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएको पोर्चुगलको टोली घर फर्किएको छ । तर, स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोसहितका खेलाडीहरु घर फर्किँदा विमानस्थलमा लिन कोही आएनन् ।

अवस्था यस्तो आयो कि फिफा बालोन डि’ओर विजेता रोनाल्डो सार्वजनिक ट्याक्सी चढेर जानु परेको छ । पोर्चुगलका खेलाडीहरु लिस्वेन विमानस्थलमा पुग्दा केही पत्रकार र एकाध समर्थक मात्र थिए । रोनाल्डोसहितका खेलाडीहरूको अनुहारमा कुनै चमक थिएनन् भने समर्थक पनि खुसी देखिएनन् ।

विमानस्थलबाट बाहिरिने क्रममा रोनाल्डोले भने-‘यो फुटबल हो । हामीले हाम्रो शिर उच्च परेका छौं । हामीले हाम्रोतर्फबाट सक्दो राम्रो गर्न कोशिस गर्‍यौं तर, सफल भएनौं ।’ लगतै उनले ट्याक्सी बोलाए र आफ्नो लगेजहरु राखेर हिडे ।

जर्मनीविरुद्धको खेलमा रातो कार्ड पाएका डिफेन्डर पेपेले अब यस्तो गल्ती स्वीकार्य नहुने बताएका छन् । ‘हामी अघिल्लो चरण जान चाहन्थ्यौं । हामीले राम्रो गर्ने काशिस गर्‍यो । तर, सम्भज भएन’ उनले भनेका छन् ।

घुँडाको चोटका बाबजुत विश्वकप खेलेका रोनाल्डोको गोलको मदतमा समूह चरणको अन्तिम खेलमा घानालाई पराजित गरेपनि पोर्चुगल नकआउट चरण पुग्न सकेन । अमेरिका समान चार अंक जोडेको भएपनि पहिलो खेलमा जर्मनीसँग व्यहोरेको ४-० को फराकिलो हारको मूल्य चुकाउँदै गोल अन्तरमा पछि पर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment