Comments Add Comment

‘भित्र-भित्र लभ गर्ने सही, म चै गलत’ : रेखा थापा

rekha-thapa-laughing

चलचित्र विकास बोर्डले सोमबार बितरण गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ विवादमा परेको सबैलाई थाहा छ । चलचित्र विकास बोर्डले वितरण गरेको अवार्डमा नायिका रेखा थापा नपुगेपछि चर्चा पनि खुबै भयो । रेखाका बिषयमा विभिन्न खालका चर्चा परिचर्चा चलिरहेको नै छ । चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मरवैतासँग दुई बर्षअघि शिवरात्रीमा गाजा तानेपछि रेखा चर्चामा थिइन् ।

पप्पु र रेखाको निकटता पनि त्यतिबेलादेखि नै चर्चामा रह्यो । तर पुरस्कार वितरण सकिएपछि रेखाले अनलाइनखबरसँग कुरा गर्दै थुप्रै कुराहरु गरेकी छिन् । प्रस्तुत छ, ‘राष्ट्रिय चलचित्र पुरस्कार’का बिषयमा रेखाले अनलाइनखबरसँग गरेको कुराकानी उनकै भनाईमा :

एउटा कुरा स्पष्ट पार्न चाहन्छु कि, मैले बर्ष २०७० मा मेरो चलचित्र ‘काली’ समावेश नै गरेको थिइन । यसकारण, मैले अवार्ड नपाउने भएर गइन भन्नु गलत हो । मलाई अचम्म लाग्छ, आखिर यहाँ किन सही मुल्यांकन भएन । ‘रिदम’ चलचित्रको हिरो त जीवन लुइटेल हो, विल्सन विक्रम राइलेे ‘राष्ट्रिय पुरस्कार’ पाउने बेला कहाँबाट भयो ?

अनी गरिमा पन्तको अभिनय आजसम्म झुर, विदेशमा गएर अवार्ड पाउँने वित्तिकै बबालै भयो । अहिलेसम्म अवार्ड नपाउने अब चै उनी उत्कृष्ट अभिनय गर्ने नायिका भइन् । ‘झोला’ जस्ता सिनेमामा त जोसुकै यूवती लगेर उभ्याएपनि यसै उत्कृष्ट देखिन्छ । यस्तो तरिकाले पनि राष्ट्रिय पुरस्कार प्रदान हुन्छ त ?

‘साँघुरो’ र ‘झोला’ बाहेक ‘सार्क फिल्म फेस्टिभल’मा अरु नेपाली सिनेमा कुन-कुन गए । हामीलाई पनि खबर भएको भए, सहभागी हुन्थ्यौ होला । गरिमा प्रथम भइन् भने सेकेन्ड को भयो, केही जानकारी कसैलाई छ । विदेशमा उत्कृष्ट हुने वित्तिकै नेपालमा पनि उत्कृष्ट हुने, होइन भने अरु बेलामा उनीहरुको कुनै चर्चा नै छैन त ? हामी त लामो समयदेखि यही क्षेत्रमा छौ । हाम्रो काम र योगदानको मुल्यांकन नहुने, एकैछिनमा उदाएका आज एकाएक पुरस्कारका लायक भए त ?

यहाँ हरेक कुरा पैसासँग तुलना भयो । राष्ट्रले दिने अवार्ड यसरी खरिद विक्री हुनु निक्कै लाजमर्दो कुरा हो । यस्तो तालले त कलाकारलाई राज्यले गन्दैन अब । खै हामी कलाकारको ईज्जत कहाँ छ ?

रेखाले यसो भन्दा फेरि विवाद सुरु होला । तर यो वास्तविकता नै हो । हामी पनि ‘सार्क फिल्म फेस्टिबल’मा ‘साँघुरो’, ‘झोला’ जसरी नै गएको भए पो यो नायिका प्रथम, यो फिल्म सेकेन्ड भन्ने हुन्थ्यो । मलाई त ‘नोटबुक’ उत्कृष्ट फिल्म भएकोमा पनि अचम्म लाग्यो । ‘नोटबुक’ कसरी उत्कृष्ट फिल्म ?

रमाइलो कुरा त के पनि छ भने, ‘मसान’ सिनेमामा नायिका केकी अधिकारी छिन् । तर भर्खरै सिनेमा नगरीमा उदाउँदै आएकी नीता कसरी ‘राष्ट्रिय चलचित्र पुरस्कार’ पाउन लायक भइन् । उनी त फेरि सिनेमाको सह-नायिका हुन् । बरु केकी अधिकारी, पि्रयंका कार्की, ऋचा शर्मालाई नै दिएको भए पनि हुन्थ्यो । विल्सन र नीताको सिने नगरीमा के योगदान छ र, उनीहरुले पुरस्कार पाउनु ? पुरस्कार त राजेश हमाल, रेखा थापा जस्ता व्यक्तिहरुलाई दिने हो राज्यले ।

यो पुरस्कारमा राखिएका जुरीहरु नै भएनन् । आधा घन्टाको कार्यक्रम चलाउने प्रकाश सुवेदीले कसरी रेखा थापाको मुल्यांकन गर्न सक्छन् ? कथा लेख्ने धु्रव चन्द्र गौतमले कसरी मेरो अभिनय, डान्स र एक्सनको मुल्यांकन गर्न सक्छन् । मेरो मुल्यांकन गर्न गौरी मल्ल, मिथिला शर्मा जस्ता अभिनयले पोख्त कलाकार चाहिन्छ । यो पुरस्कारमा राखिएका जर्जहरु एकदमै गलत भयो ।

यहाँ भित्र-भित्र लभ गर्नेहरु बाहिर कालो चश्मा लगाएर उसलाई चिन्दिन भन्छन् । म त खुल्ला छु, जे छु त्यस्तै व्यवहार गर्छु । पुरस्कार वितरणले को-कसको गर्लफ्रेन्ड भन्ने नि स्पष्ट पारिदिएको छ । म त सबैबाट सम्मानित भएकी केटी हुँ । मलाई कसैको चाँकडी गर्नुपर्ने आवश्यक छैन । ‘पप्पु’ अहिले मेरो निकट होइनन् र कहिले पनि थिएनन् । सबैलाई थाहा छ, झरना थापाले ‘फेसबुक’बाट खलपात्रको अवार्ड जितिरहनु भएको थियो । तर आज एकाएक उहाँलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड कसरी दिइयो । अहिले अधिकांश समय झरना जी र सुनिल कुमार थापा, पप्पुसँग हुनुहुन्छ । पुरस्कारका लागि कहाँ कस्तो चलखेल छ भन्ने वुझ्न गाह्रो पर्दैन ।

यो निर्णय एकबर्ष अगाडि नै मलाई थाहा थियो । मैले गर्ने नै भए रेखा थापा, राजेश हमाल जस्ता योगदान दिएकाहरुलाई सम्मान गर न भनेको थिए । मैले त्यती नै बेला विरोध गर्छु पनि भनेको थिए । मलाई पुरस्कारका लागि पैसाको डिमाण्ड भयो ।

संचारमन्त्रीले वि.सं २०७० को पुरस्कार गरिमालाई दिन हस्तक्षेप गरेका हुन् । पुरस्कारमा सबै पैसा र प्रेमीप्रेमिकाको खेल भएको छ । यसैले एउटा राम्रो थालनी यस्तै खालका बिषयले बिचमै मर्न सक्छ । ‘राष्ट्रिय चलचित्र पुरस्कार’ कुनै व्यक्ति या संघसंस्थाले दिने अवार्ड जस्तो होइन । आखिर यहाँ यस्तो गहन बिषय वुझ्ने मान्छे नै को छ ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment