+
+

भक्तपुरमा युवकको बेवारिसे शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २० गते १९:०४

२० फागुन, काठमाडौं । भक्तपुरमा एकजनाको बेवारिसे शव फेला परेको छ । सूर्यविनायक नगरपालिका-५ तोयनाटोलमा करिब २५/३० वर्षे पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

तोयनाटोलको बारिमा रहेका २ वटा परालको कुन्युको बीचमा भेटिएको युवकको शव पोष्टमार्टमका लागि भक्तपुर जिल्ला अस्पताल पठाइएको छ ।

खरानी रंगको हुक, कालो जिन्सको पाइन्ट लगाएका व्यक्तिको शवको पहिचान हुन नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

शव फेला परेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?