+
+
Shares

बंगालको खाडीमा ‘अर्नब’ चक्रवात, नेपालमा पनि वर्षा र हिमपातको सम्भावना

कात्तिक १३ र १४ गते केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते २१:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ शक्तिशाली बन्दै गएपछि नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बढेको मौसम विभागले जनाएको छ।
  • मौसम विभागले विशेष बुलेटिन जारी गर्दै कात्तिक १२ गतेदेखि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा हुन सक्ने बताएको छ।
  • कात्तिक १३ र १४ गते केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

९ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’ शक्तिशाली बन्दै गएपछि नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बढेको छ । नेपाल मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन जारी गर्दै सम्भावित प्रतिकूल मौसमबाट सतर्क रहन आग्रह गरेको छ ।

विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै शक्तिशाली चक्रवातमा परिणत हुने सम्भावना छ ।

उक्त प्रणाली अक्टोबर २८ अर्थात् कात्तिक १२ गते भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा पुग्ने अनुमान गरिएको छ ।

चक्रवातको प्रभावले कात्तिक १२ गतेदेखि देशका विभिन्न स्थानमा मौसम प्रभावित हुने सम्भावना छ।

विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुन सक्ने विभागले जनाएको छ ।

कात्तिक १३ र १४ गते केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षा र हिमपातको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित हुन सक्ने विभागले जनाएको छ । त्यसैले विभागले हिमाली क्षेत्रका जिल्ला बढी जोखिममा पर्नसक्ने भन्दै रातो रंगले संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?