+
+
Shares

जय शम्भो ! पशुपतिमा बाबा कम भो !!

विकास श्रेष्ठ/चन्द्र आलेमगर/शंकर गिरी विकास श्रेष्ठ/चन्द्र आलेमगर/शंकर गिरी
२०७५ फागुन १९ गते २०:४८

१९ फागुन, काठमाडौं । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्वको एउटा विशेषता हो, बाबा साधु ।

शिवरात्रीको तीन/चार दिनअघि नै देशविदेशबाट सन्त बाबाहरु पशुपतिनाथ मन्दिर आइपुग्छन् । पशुपति परिसरमा थरीथरीका बाबाहरु भेटिन्छन् । तर, यो वर्ष विगतको तुलनामा बाबाहरु निकै कम देखिएका छन् ।

अनुहारमा चन्दन, अबीर लगाउने, खरानी धस्ने, त्रिशुल बोक्ने, गाजा खाने बाबाहरको विशेषता हो । बाबाहरु शिवरात्रीमा गाँजालाई ‘प्रसाद’का रुपमा प्रयोग गर्छन् ।

तर, पछिल्ला वर्षहरुमा युवाहरु गाँजाकै लोभले पनि शिवरात्रीमा पशुपति जाने गरेको भेटिएका थिए । गत वर्षबाट गाँजा प्रयोगमा कडाई गरेपछि बाबाहरु कम भएको अनुमान छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले गत वर्षदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको जानकारी दिए ।

यस्ता पदार्थ सेवन र बेचबिखन गरेको पाइएमा प्रहरीले कारवाही गरिनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?