Comments Add Comment

एमाले नेतृत्वले कार्यकर्तासँग माफी माग्यो

२०, असार काठमाडौं । नेकपा एमालेले पार्टीको नवौं महाधिवेशन उद्घाटन खुला गर्न नसकेकोमा माफी मागेको छ । साथै बाहिर भएको तोडफोड र आगजनीले लज्जाबोध भएको बताएको छ ।

भृकुटीमण्डपमा बन्दसत्रको सुरुमा महासचिव इश्वर पोखरेलले मौसमको प्रतिकुलताका कारण उद्घाटन समारोहमा सबैलाई सहभागी गराउन नपाएको भन्दै माफी मागे । आक्रोसित कार्यकर्ताले गेट भत्काउने स्वीकार्य भएपनि एमाले जिन्दाबाद भनेर झण्डा जगाउनेहरु एमाले हुन नसक्ने बताए ।

भारतीय जनता पार्टीका नेता विजय जोलीमाथि भएको घटनाले एमालेलाई लज्जाबोध भएको उनले बताएका छन् । महासचिव पोखरलले एमालेको प्रतिष्ठा कमजोर बनाउन घुसपैठ भएका हुने सक्ने भन्दै अपराधिक कुरा क्षम्य र माफी दिन लायक नभएको बताए ।

बन्दसत्र र महाधिवेशन स्थल परिसरमा कसैको पक्ष वा विपक्षमा हुटिङ वा विरोध गर्न नपाइने नियम लागू गरिएको छ । बन्दसत्रमा २१७६ प्रतिनिधि सहभगी छन्, जसमा ४६५ महिला रहेका छन् । मनोनित १११ भने हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment