Comments Add Comment

यस्तो बन्यो माधव नेपालको पदाधिकारी टिम

२५ असार, काठमाडौं । नेकपा एमालेमा अध्यक्षका प्रत्यासी माधव नेपालको प्यानलबाट चुनाव लड्नेकेन्द्रीय पदाधिकारीहरुको नाम टुंगो लागेको छ । बुधबार साँझ पदाधिकारीका उम्मेदवार तय गरेपछि नेपाल पक्ष केन्द्रीय सदस्यका उम्मेदवारको टुंगो लगाउन जुटेको छ ।

Madhavkumar-Nepalनेपाल पक्षको टिममा अध्यक्षमा माधव नेपाल र पाँच उपाध्यक्षमा युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य लालबाबु पण्डित र पर्शुराममेघी गुरुङ उम्मेद्वार बनेका छन् । त्यसैगरी महासचिवमा सुरेन्द्र पाण्डे र उपमहासचिवमा घनश्याम भुसाल र रघुजी पन्त उम्मेद्वार बनेका छन् ।

नेपाल पक्षका पाँच सचिवहरुमा योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य र प्रकाश ज्वालाको नाम टुंगो लागेको छ ।बाँकी एक सचिवमा श्रीमाया थकाली र रामचन्द्र यादवमध्ये एक जना रहने बताइएको छ ।

माधव नेपाल पक्षको पदाधिकारी टिममा महिला, मधेसी र जनजातिको सन्तुलन मिलाउने प्रयास गरिएको छ । पदाधिकारीको टुंगो लगाएपछि केन्द्रीय सदस्यहरुको उम्मेद्वारी तय गर्न नेपाल पक्षको बैठक बुधबार रातिसम्म बसेको छ ।

ओली पक्षको पनि गृहकार्य जारी

यसैवीच केपी ओली पक्षले पनि पदाधिकारीसहित उम्मेद्वारको टुंगो लगाउन आन्तरिक गृहकार्य थालेको छ ।

स्रोतका अनुसार ओली पक्षबाट उपाध्यक्षमा वामदेव गौतम, विद्या भण्डारी, पृथ्वीसुब्बा गुरुङको नाम चर्चामा छ । त्यस्तै प्रदीप नेपाल र मुकुन्द न्यौपानको नाम पनि उपाध्यक्षको रुपमा चर्चामा छ । उर्जामन्त्री राधा ज्ञवालीले पनि ओलीपक्षबाट उपाध्यक्षमा उम्मेद्वारी दिने इच्छा जनाएकी छन् ।

ओली पक्षबाट ईश्वर पोखरेल महासचिवमा उम्मेद्वार हुने भने उपमहासचिवमा विष्णु पौडेल र शंकर पोखरेलको नाम चर्चामा छ । त्यस्तै ओली पक्षका पाँच सचिवहरुमा रघुवीर महासेठ, थममाया थापा, प्रदीप ज्ञवाली र विष्णु रिमाललगायतको चर्चा छ । वामदेव गौतमको कोटाबाट केशवलाल श्रेष्ठ र किरण गुरुङमध्ये एकको नाम सचिवका रुपमा चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment