
७ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल वैकल्पिक सरकार दिन आह्वान गरेका छन् ।
‘लौरो उभ्याएर भए पनि ७६ (५)को वैकल्पिक सरकार दिउँ ! आजै गरौं, अहिल्यै गरौं !’ डा. भट्टराईले ट्वीट गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आज साँझ पाँच बजेसम्मको समयसीमा दिएपछि पूर्वप्रधानमन्त्री भट्टराईले यो धारणा सार्वजनिक गरेका हुन् ।
संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो भन्दै भट्टराईले जे गरेर रक्षा हुन्छ त्यही गर्न भनेका छन् । संविधान÷लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने उनको चिन्ता छ ।
संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो!जे गरेर रक्षा हुन्छ त्यही गरौं।सबैले आवस्यक त्याग/बलिदान गरौं।लौरो उभ्याएर भए पनि७६(५)को वैकल्पिक सरकार दिऊॅ!आजै गरौं,अहिल्यै गरौं! बिपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ!
— Baburam Bhattarai (@brb1954) May 21, 2021
प्रतिक्रिया 4