News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा आवश्यक सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
- अध्यक्ष यादवले राष्ट्रिय स्वतन्त्र पार्टीलाई संविधान संशोधनको नेतृत्व लिन आग्रह गर्दै संविधानका विकृति सच्याउनुपर्ने बताए ।
- अध्यक्ष लिङ्देनले पुराना दल र नेताहरू मात्र नभई उनीहरूले ल्याएको संविधानमा समेत समस्या रहेकाले सुधार आवश्यक भएको उल्लेख गरे ।
७ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा आवश्यक सुधार हुनुपर्ने बताएका छन् ।
संविधान संशोधनमा अग्रसरता लिन राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुवै नेताको आग्रह छ । चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै उनीहरूले यस्तो आग्रह गरेका हुन् ।
‘संविधान त्रुटिपूर्ण छ । विरोधाभाष छ । महत्वपूर्ण पक्ष पनि छ । गणतन्त्र, धर्मरिनपेक्षता, समावेशिता जस्ता महत्वपूर्ण पक्ष हुन्’ यादवले भनेका छन्, ‘संविधानमा रहेका विकृति विसंगतिलाई हटाएर जाने, संविधान संशोधन गर्नुपर्ने दाष्यीत्व पनि यहाँहरूसामू रहेको छ’ उनले भने ।
२०७२ सालमा संविधान जारी हुँदा तत्कालीन मधेश केन्द्रित दलहरूले पूर्णत अधिकार नपाएको भनेर विरोध गरेका थिए । कालो दिनको रुपमा समेत संविधान जारी भएको दिनलाइ स्मरण गरेका थिए ।
फेरि पनि संविधानमा रहेका त्रुटि सच्याएर अगाडि बढ्नुपर्नेमा जसपा नेपालका अध्यक्ष यादवले आग्रह गरेका हुन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि संविधानमा सुधारको खाँचो औंल्याए । उनले भनेका छन्, ‘पूराना दल र तिनका नेतामा मात्रै समस्या होइन, उनीहरूले ल्याएको संविधानमा पनि छ । यसकारण सुधारेर जानुपर्छ ।’
प्रतिक्रिया 4