+
+
Shares

जसपाकी लुम्बिनी प्रदेश सांसद काफ्ले पदमुक्त

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी प्रदेश सभा सचिवालयले जसपा नेपालकी प्रदेश सभा सदस्य अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेको छ।
  • जसपा प्रदेश संसदीय दलको निर्णय र सिफारिसका आधारमा काफ्लेलाई प्रदेश सभा सदस्य पदबाट निष्काशन गरिएको दाबी गरिएको छ।
  • काफ्लेले जसपा संसदीय दल लुम्बिनी प्रदेश सभामा दर्ता नै नरहेको बताउँदै सभामुखको निर्णयविरुद्ध पार्टीले कानूनी उपचार खोज्ने बताइन्।

२४ भदौ, बुटवल । लुम्बिनी प्रदेश सभा सचिवालयले जनता समाजवादी पार्टी, नेपालकी प्रदेश सभा सदस्य अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेको छ ।

प्रदेश सभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुखको निर्देशनअनुसार  राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा २ तथा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १९६ बमोजिम दल त्यागसम्बन्धी सूचना प्रकाशन गरिएको हो ।

जसपा नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दलको निर्णय र सिफारिसका आधारमा काफ्लेलाई प्रदेश सभा सदस्य पदबाट निष्काशन गर्ने निर्णय भएको  दावी गरिएको छ ।

प्रदेश संसदीय दलले काफ्लेले पटकपटक स्पष्टीकरणको मौका दिँदा समेत बेवास्ता गरी पार्टी तथा संसदीय दलको निर्णयविपरीत कार्य गरेको प्रदेश सभा सचिवालयमा पत्र प्राप्त भएको थियो ।

उक्त पत्र सभामुखसमक्ष पेश गरिएपछि प्रदेश सभा बैठक चालु नरहेको अवस्थामा कानुनी व्यवस्थाअनुसार सचिवालयको सूचनापाटीमा सूचना प्रकाशन गर्न निर्देशन दिइएको थियो ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको सूचनामा काफ्लेको दल त्यागसम्बन्धी विवरण सार्वजनिक गरिएको उल्लेख छ । सूचनामा पार्टीले प्रदेश सभा सदस्य पदबाट निष्काशन गरेको जानकारीलाई कानुनी प्रक्रियाअनुसार सचिवालयले प्रकाशन गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?