+
+

एक जना नेपालीको भागमा डेढवटा कुखुरा

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २७ गते १६:३१

२७ असार, काठमाडौं । एक जना नेपालीको भागमा डेढवटा कुखुरा पर्ने भएका छन् । अर्थमन्त्रालयले बिहीबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले त्यस्तो देखाएको हो ।

Hen-Finalसर्वेक्षणअनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा नेपालमा ४ करोड ५७ लाख १९ हजार कुखुरा हुनेछन् । अहिले नेपालको अनुमानित जनसंख्या ३ करोडको हाराहारीमा रहेको छ । यस वर्ष गत वर्षको तुलनामा कुखुराको संख्या ४.६७ प्रतिशतले घट्ने अनुमान गरिएको छ । गत वर्ष कुखुराको संख्या ६.१७ प्रतिशतले बढेर ४ करोड ७९ लाख ५९ हजार पुगेको थियो ।

बाख्रा, खसी, बोका भने तीनवटा नेपालीको भागमा एउटामात्र पर्ने देखिएको छ । यस आर्थिक वर्षमा बाख्रा, खसी, बोकाको संख्या ४.०२ प्रतिशतले बढेर १ करोड १ लाख ७९ हजार पुग्ने अनुमान गरिएको छ । गत वर्ष ९७ हजार खसी बोका रहेका थिए ।

आर्थिक सर्वेक्षणमा यस आर्थिक वर्षमा गाई/गोरुको संख्या ७१ लाख ८८ हजार, भैंसी/राँगोको संख्या ५१ लाख ४२ हजार, भेंडा/भेडी ७ लाख ८९ हजार, सुँगुर/बंगुर १२ लाख २५ हजार, हाँस ३ लाख ९० हजार, दुध दिने गाई १० लाख २० हजार, दुध दिने भैंसी १३ लाख, फुल दिने कुखुरा ८० लाख र फुल दिने हाँस १ लाख ७९ हजार पुग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?