Comments Add Comment

शाक्तर डोनेस्कका ६ खेलाडी युक्रेन फर्कन मानेनन्

५ साउन, काठमाडौं । मैत्रिपूर्ण फुटबलका लागि फ्रान्स पुगेका शाक्तर डोनेस्कका ६ जना खेलाडीले युक्रेन फर्कन अस्वीकार गरेका छन् ।

रुस समर्थक विद्रोहीको नियन्त्रणमा रहेको डोनेस्कमा युक्रेनी सेना र बिद्रोहीबिच युद्ध भइरहेको छ । यूक्रेनको फुटबल क्लब शाक्तर डोनेस्कका एलेक्स, फे्रड, डेन्टिन्हो, कोस्टा, फाउकान्डो र स्मेइली लियोनमा सम्पन्न मैत्रिपूर्ण खेलपछि डोनेस्क र्फकेका छैनन् ।

क्लबका अध्यक्ष रिनाट हकेमटोभले भने उनीहरु क्लबमा नफर्किए प्रतिबन्ध लागाउने चेतावनी दिएका छन् । उनले भने-‘उनीहरुको क्लबससँगको सम्झौता अझै बाँकी छ, त्यसैले उनीहरुले नियम पालना गर्दै क्लब र्फकनु पर्छ ।’

छ मध्ये पाँच जना खेलाडी बेल्जियमका हुन् भने एक अर्जेन्टाइन हुन् । शाक्तर डोनेस्कले द्वन्द्वकै कारण आफ्नो मैदानमा कुनै खेल खेन्न पाएको छैन् । युक्रनमा यसै साताबाट नयाँ सिजन सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment