Comments Add Comment

रोड्रिग्वेजको गोल ब्राजिल विश्वकपकै उत्कृष्ट

James-Rodriguez

६ साउन, काठमाडौं । कोलम्बियाका जेम्स रोड्रिग्वेजले उरुग्वेविरुद्ध गरेको भली गोल ब्राजिल विश्वकपको उत्कृष्ट गोल घोषित भएको छ । फिफाका पठाकहरुले रोड्रिग्वेजको गोललाई ब्राजिल विश्वकपकै उत्कृष्ट गोल चयन गरेका हुन् ।

उनले लङ पासलाई छातीले रोकेर डिबक्स बाहिरबाट हानेको भली गोल भइको थियो । चार मिलियनमध्ये ७५ प्रतिशत बढीले रोड्रिग्वेजको गोललाई मत दिएका छन् । ब्राजिल विश्वकपमा १७१ गोल भएको थियो ।

जेम्स रोड्रिग्वेजले जापानविरुद्ध गरेको गोल तेस्रो स्थानमा रहृयो । नेदरल्याण्डका रोविन भानपर्सीले स्पेनविरुद्ध गरेको गोल दोस्रो स्थानमा रहेको फिफाले जनाएको छ ।

विश्वकप फुटबलमा लगातार तेस्रो पटक दक्षिण अमेरिकी फुटबलरको गोल उत्कृष्ट बनेको छ । २००६ मा अर्जेन्टिनाका मेक्सी रोड्रिग्वेज र २०१० मा उरुग्वेका डिएगो फोलार्नको गोल उत्कृष्ट घोषित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment