Comments Add Comment

असफलतामा सफलता खोज्दै नीशा, देखिएको थिएन यस्तो आत्मविश्वास

nisha-dance-in-mero-valentien-pgm
पत्रकार सम्मेलनमा कलाकारको तर्फबाट एकमात्र प्रतिनिधित्व गरेपछि नायिका नीशा अधिकारीले चलचित्र ‘मेरो भ्यालेन्टाइन’का बिषयमा धेरै कुरा गर्न भ्याइन् । उनले चलचित्र ‘फष्ट लभ’ पश्चात आफूले यति राम्रो सिनेमामा काम गरेको बताइन् ।

सुशिल श्रेष्ठको निर्माणमा तयार भएको चलचित्र ‘मेरो भ्यालेन्टाइन’मा नीशाका अलवा बाबु बोगटी, स्वतन्त्रप्रताप शाह र सुस्मिता ढकालको मुख्य भूमिका छ । चलचित्रका बिषयमा बोल्दै नायिका अधिकारीले जीवनमा मन लागेर अर्को एक चलचित्रको प्रचारमा हिडेको बताइन् ।

इजरायल गएकाले निर्देशक सुरज सुब्बा उपस्थित भएनन् । चलचित्रका निर्माता सुशिल श्रेष्ठले प्राविधिक कारण जनाउँदै सिनेमा प्रदर्शनमा ल्याउन नसकेको जनाए । साउन १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रले प्रेम, मनोरञ्जन र विछोडको कुरा गर्नेछ ।

चलचित्रका बिषयमा निक्कै नै आत्मविश्वासी देखिएकी नायिका निशा अधिकारीले आफू आशावादी रहेको जनाइन् । अघिल्ला अधिकांश सिनेमा असफल भएकाले पनि निशाका लागि यो सिनेमा चल्नु जरुरी छ । mero-valentine-pressmeet nisha-adhikari

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment